विर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ « Khabarhub

विर्तामोडमा ‘टेम्पो एम्बुलेन्स’ सेवा प्रारम्भ


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ । कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान सहयोग गर्छन् ।

यसका लागि चार वटा टेम्पो जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडमा तयारी अवस्थामा राखिएको छ । नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुरयाउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए ।

नगरपालिका क्षेत्रमा बीएन्डसी, विर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजंघा र अञ्जलि हस्पिटल सञ्चालित छन् ।

घरघरै अक्सिजन पुरयाउँदै मेचीनगर

यसैबीच, मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमितलाई औषधि र अक्सिजन सिलिन्डर आवश्यकता अनुसार घरमै पुरयाउने व्यवस्था मिलाएको छ ।

वडा नं. ११ धाइजनमा ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।

“होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन”, ओझाले भने, “जुनसुकै समयमा हामी औषधि र सिलिन्डर बोकेर होम आइसोलेसनमा पुग्नेछौँ ।”

नगरपालिकाले सय वटा हाते अक्सिजन प्याक (डिस्पोजेबल) र ३० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ । नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पिपिइ, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराएर कोरोना सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको उनले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १ : २० बजे

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको

तस्बिरमा हेर्नुहोस्, सात दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं –  मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन भएको

मधेश केन्द्रित ७ दलको ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं – मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा