‘बिरामी टुलुटुलु हेरेर बस्नु पर्ने यो कस्तो विवशता ! लौ न हजुर केही गरौँ !’ « Khabarhub

‘बिरामी टुलुटुलु हेरेर बस्नु पर्ने यो कस्तो विवशता ! लौ न हजुर केही गरौँ !’



बुटवल- करिब ३५ वर्ष उमेर देखिने एक महिला आफ्नो श्रीमानको शव पाउने आशामा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल परिसरमा अधीर भएर पर्खिंरहेकी थिइन् । इमेरजेन्सी कक्ष बाहिर उनी भक्कानिएको दृश्य कारुणिक थियो ।

कोरोना संक्रमण भएपछि आफैँ गाडी चलाएर उनका श्रीमान बिहीबार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल आएका थिए । कोरोनाको लक्षण देखिए पनि अवस्था सामान्य थियो । अस्पतालको इमरजेन्सी कक्षमा उपचार भइरहँदा शुक्रबार अपराह्न एक बजे एक्कासि श्रीमानले प्राण त्यागे ।

मृतककी शव दिन्छन् कि भन्ने अपेक्षमा थिइन् ।

मृतकका दाजुभाइ शव लैजान दिन आग्रह गर्दै गाउँपालिकामा फोन सम्र्पक गर्दै थिए । ‘दाइ कपिलवस्तुको हाटबजारमा तरकारी व्यापार गर्नुहुन्थ्यो,’ मृतकका भाइले भने, ‘दाइ ४० वर्षका हुनुहुन्थ्यो, हट्टाकट्टा हुनुहुन्थ्यो, कुनै रोग थिएन ।’

आईसीयूमा राखेर अक्सिजन दिन पाएको भए यति चाँडै प्राण जाने थिएन भन्ने उनलाई लागेको छ ।

प्युठानका बासिन्दा नगरकोटी थरका एक युवक कोरोना संक्रमित आफ्ना बाबुलाई लिएर लुम्बिनी प्रादेशिक अस्पताल, बुटल आए । बाबु फिबर क्लिनिकमा छन् । अस्पतालले अक्सिजन सकिन लाग्यो, खोज्नू भनेको छ । युवक भन्छन्, ‘अब म अक्सिजन खोज्न कहाँ जाऊँ ! बुबालाई कसरी बचाऊँ !’

अस्पताल बाहिर अक्सिजनका रित्ता सिलिन्डरको थुप्रो लागेको छ । भर्न नपाएर अस्पतालका अधिकारीहरू हैरान छन् ।

भैरहवाका बासिन्दा विश्वकर्मा थरका अर्का एक युवकको अवस्था पनि उस्तै छ । उनकी दिदी कोरोना संक्रमित भएर प्रादेशिक अस्पतालमा छिन् । दिदीलाई अक्सिजन दिइएको छ, अस्पतालले अब एक घण्टामात्रै पुग्छ भनेको छ । युवक भन्छन्, ‘अब दिदीलाई कसरी बचाऊँ ! यहाँ अक्सिजन छैन भन्छन्, मैले कसलाई भन्नु ! अक्सिजन झिक्नेबित्तिकै मर्ने अवस्था छ ।’

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएपछि बिरामी र तिनका आफन्त आतेसमा छन् । आफन्तहरु बाहिर कतै अक्सिजन पाइन्छ कि भनेर भौँतारिने गरेका छन् । अस्पतालमा अक्सिजनको अभावमै बिरामीको मृत्यु हुन थालेको भन्दै आफन्तहरुमा त्रास फैलिएको छ ।

अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आईसीयू कक्ष र फिबर क्लिनिक कोरोनाका बिरामीले भरिएका छन् । डाक्टर र नर्सहरु आफूलाई जोखिममा राखेर उपचारमा लागिपरेका छन् ।

कोही अक्सिजनका सिलिन्डर ओसारपसार गर्दैछन् त कोही बिरामीलाई अस्पतालभित्र ल्याउँदैछन् ।

बिरामीका आफन्तहरु जोखिम उठाउँदै नजिक बसेका छन् । अस्पतालमा निकै गम्भीर बिरामी आए पनि सन्तोजनक उपचार पाउन कठिन भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढ्दै गएको छ । अहिले कम्तीमा चार सय अक्सिजन सिलिन्डर आवश्यकता रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए ।

उनका अनुसार अस्पतालमा अहिले बढीमा तीन सय सिलिन्डर मात्र उपलब्ध छ । अहिले अक्सिजन पु¥याउन नसकिने अवस्था रहेको उनले बताए ।

‘हामी धान्न नसक्ने अवस्थामा छौँ,’ उनले भने, ‘कोरोना संक्रमित बिरामी थपिँदै गएका छन्, अहिले अस्पतालको फिबर क्लिनिकमा राखेर उपचार गरेका छौँ । त्यहाँ पनि अक्सिजन सिलिन्डर अभाव छ ।’

लुम्बिनी प्रादेशिक अस्पताल र धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू बेडमा गरी शुक्रबारसम्मा जम्मा १२५ जना बिरामी उपचाररत छ । बिरामीको संख्या बढ्दै जाँदा अक्सिजनको अभाव भएको पाठकले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनालले अक्सिजन सिलिन्डरको अभावले बिरामीको उपचार गर्न समस्या भएको जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– फेरि उही कुरा, मध्यरातमा डा. नन्दु र डा. राजेन्द्रको काम अक्सिजन खोज्ने भएपछि हालत के होला, बिरामीको अवस्था टुलुटुलु हेरेर नर्स र डाक्टरले केही गर्न नसकिने यो कस्तो विवशता ! अब त एकोहोरो टोलाउन मात्र बाँकी छ ।

अस्पतालमा कम्तीमा दिनको चार–पाँच सय सिलिन्डर अक्सिजन आपूर्ति भए केही सहज हुने उनले उल्लेख गरेका छन् ।

खनाल लेख्छन्– अझै हामीले २–४ दिनमै अर्को एचडीयू खोल्दा र अन्य अक्सिजन बेड थप्दा सम्भव भए ३०–३५ बेडको अर्को कोभिड आईसीयू बनाउँदा, कम्तीमा हजार सिलिन्डरको आपूर्ति हुनुपर्ने हुन्छ, कसरी गर्नु व्यवस्था ? लौ न हजुर, केही त गरौँ ।

लुम्बिनी प्रदेशमा रहेका अन्य अस्पतालमा पनि कोरोनाका बिरामीको हालत उस्तै छ । भैरहवाको भीम अस्पतालमा पनि कोरोनाका बिरामीको उपचार हुँदै आएको छ । भीम अस्पतालले अक्सिजन सिलिन्डर उपलब्ध गराउन नसक्ने भन्दै विज्ञप्ति निकालेको छ ।

लुम्बिनी प्रदेश सरकार भने अक्सिजन नपाएरै बिरामीको मृत्यु पनि हुँदा सत्ता बचाउने खेलमा छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले अस्पतालमा रहेका अक्सिजन पलान्ट मर्मत गरेर आपूर्तिलाई सहज बनाउँदै लगेको बताए ।

प्रादेशिक अस्पताल, बुटवलमा र दाङमा रहेको अक्सिजन प्लान्ट मर्मत गरी चालु गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १ : ३५ बजे

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः