दिलीप थापामगरलाई राष्ट्रिय पत्रकारिता पुरस्कार « Khabarhub

दिलीप थापामगरलाई राष्ट्रिय पत्रकारिता पुरस्कार


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष दिलीप थापामगरले राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् ।

सरोकार टेलिभिजिन र हिमालयन टेलिभ्वाइस न्यूज एजेन्सीका सञ्चालक थापा एक लाख राशीको सो पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

वरिष्ठ पत्रकार सम्मान २०७६ मरणोप्रान्त स्व.सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ । २ लाख पुरस्कार राशिको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट भने दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका हुन् ।

पुरस्कार घोषणा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री पार्वत गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गरे । कोरोनाको कहर सकिएपछि ती पुरस्कारहरु वितरण हुनेछन् ।

कसकसले कुन कुन पुरस्कार पाए ?

वरिष्ठ पत्रकार सम्मान २०७६ – स्व. सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बा

वरिष्ठ पत्रकार सम्मान २०७७ – रघु मैनाली र शार्दूल भट्टराई

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६

इन्द्र बुढा (उजीर मगर) – बागलुङ

मात्रिका पौडेल – रामेछाप

संगिता खड्का – काठमाडौं

शेषराज दाहाल– सिन्धुली

हेमन्तबहादुर विक– बाँके

शीतल साह – धनुषा

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७

दिलीपकुमार थापामगर– भक्तपुर

दीपेन न्यौपाने– मोरङ

दुर्गाप्रसाद शर्मा– पर्वत

शुरोजंग पाण्डे– दोलखा

नितु पण्डित – नुवाकोट

पुनम पौडेल– ललितपुर

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १ : ४६ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले