कोरोना संक्रमित पत्रकार दाहालको निधन « Khabarhub

कोरोना संक्रमित पत्रकार दाहालको निधन


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमित पत्रकार दिनेश दाहालको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि उपचाररत उनको उपचारकै क्रममा निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको उल्लेख गरेका छन् ।

वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

दाहाल विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासंघले जनाएको छ ।

स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

दाहालको निधनसँगै नेपालमा कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ । ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित छन् ।

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  २ : ०६ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’