अक्सिजनसहित ३५ शय्याको आइसोलेशन « Khabarhub

अक्सिजनसहित ३५ शय्याको आइसोलेशन


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेशन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला पूर्वीचौँकी गाउँपालिकाले अक्सिजनसहित ३५ शय्याको आइसोलेशन (कोरोना अस्पताल) कक्ष निर्माण गरेको छ ।

कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणले जिल्लामा आक्रान्त बनाउन थालेपछि बल्ल उक्त गाउँपालिकाले अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको हो ।

गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई अक्सिजनसहित ३५ शय्याको आइसोलेशन कक्ष बनाइएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए ।

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लमा अहिलेसम्म अन्य कुनै पनि स्थानीय तहले आइसोलेशन कक्ष निर्र्माण गर्न सकेका छैनन् । पुर्वीचौँकीले निर्माण गरेको आइसोलेशन कक्षमा अस्पतालमै प्रयोग हुने ३५ शय्या जडान गरिएको र आइसोलेशन निर्माण तथा व्यवस्थापन गर्ने काम सम्पन्न भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए ।

आइसोलेशनमा अक्सिजन सिलिण्डर राख्नका लागि आपुर्तीकर्तासँग समन्वय पनि भइरहेको उनले बताए । यस्तै गाउँपालिकाले सञ्चालनमा ल्याएका दुई बसलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने कार्यपालिकाको निर्णय भएको बताइएको छ । यसका साथै कोभिड–१९ बाट सङ्क्रमित सबै बिरामीको गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : २५ बजे

विश्वकपमा नर्वे र इङ्गल्यान्डबीचको रोमान्चक भिडन्त : अतिरिक्त समयमा इंग्ल्यान्डले लियो अग्रता

काठमाडौँ – विश्वकपको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार