खाद्यान्नको जोहो गर्दै थाहा नगरपालिका « Khabarhub

खाद्यान्नको जोहो गर्दै थाहा नगरपालिका


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिस्टुङ– नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर फैलिदै जाँदा मकवानपुरको थाहा नगरपालिकाले नगरभित्र रहेको खाद्यान्नको दैनिक लेखाजोखा शुरुआत गरेको छ । नगरपालिकाले बजारमा खाद्यान्नको मौज्दातको अनुगमन गरी विवरण दैनिक रुपमा प्रकाशन समेत गर्न थालेको छ ।

जिल्ला प्रशासन कार्यालयले आगामी वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरेको र यसपछि पनि थपिने सम्भावना रहेकोले नगरको जनसङ्ख्यालाई धान्न सक्ने खाद्यान्नको लेखाजोखा शुरु गरिएको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । हाल नगरको जनसङ्ख्या करिब ५० हजार रहेको बताइएको छ ।

संङ्क्रमणका कारण थाहा नगरपालिकासहित जिल्लाको चार स्थानीय तहमा निषेधाज्ञा जारी भए पनि निषेधाज्ञामा खाद्यान्नसहित अत्यावश्यकीय सामान ढुवानी गर्न छुट दिइएको छ ।

यही मौका छोपेर व्यापारीले कालोबजारी गर्ने र कृत्रिम अभावको सिर्जना हुन नदिन बजारमा खाद्यान्नको अवस्थाबारे अनुगमन गरिएको नगर प्रमुख विष्टको भनाइ छ । हाल मुख्य बजारमा चामल(सोना) १०९४ बोरा, चामल(जिरा)२१२८ बोरा, दाल(मास)५६ बोरा, दाल(मसुरो) १३० बोरा, तेल(तोरी) ५४ कार्टुन, तेल(भटमास) ३०८८ कार्टुन र चिनी ९९ बोरा मौज्दात रहेको नगरपालिकाले जनाएको छ । “अहिले बजारमा खाद्यान्नको अभाव छैन, किनेर खान नपाइने अवस्था आएमा नागरिकहरुले जुनसुकै बेला हामीलाई गुनासो गर्न सक्छन् । हामी किन्ने ठाउँ देखाइदिन्छौं ।” सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले भने ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : ५८ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले