दोलखाको भीमेश्वरलाई पसिना आयो, भोलि राष्ट्रपतिसमक्ष महाप्रसाद पठाइने « Khabarhub

दोलखाको भीमेश्वरलाई पसिना आयो, भोलि राष्ट्रपतिसमक्ष महाप्रसाद पठाइने


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोलखाको सदरमुकाम चरिकोट नजिकै रहेको ऐतिहासिक भीमेश्वरको मूर्तिमा पसिना आएको छ । मन्दिरको ड्युटीमा रहेका सुरक्षाकर्मीले मुर्तिमा पसिना देखिएको जानकारी गराएका छन् ।

यस सम्बन्धमा गुठी र पुजारीले त्यहाँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव घिमिरेलाई पनि जानकारी गराएको बताईएको छ। गत वर्ष कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै भएको थियो ।

शनिबार मध्याह्न १२ : १५ देखि पटक पटक १ : ३० बजेसम्म पसिना आएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सो समयमा प्रचलित परम्परा अनुसार मन्दिरका पूजारी तथा गुठियारहरूले पूजापाठ गरेका छन् । साथै मन्दिरको मुख्य शिलामा पसिना आएसँगै वैशाख २६ गते (भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भीमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले जानकारी दिए ।

०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ ।

किम्वदन्ती अनुसार पाँच पाण्डवहरू गुप्तवास जाने बेलामा यही भीमसेन मन्दिरको केही पूर्व तर्फको चामपूजा भन्ने डाँडामा बसी श्री गौरी शंकरको प्रार्थना गरेका थिए ।

भीमेश्वरलाई भविष्य सूचकको रूपमा पनि मानिन्छ । जानकारी अनुसार विसं १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि भिमसेनको मुर्तिमा पसिना आएको थियो ।

यी सालहरूमा पसिना आएको ६ महिना भित्र देशमा राजनैतीक, प्राकृतिक या दरबारमा अकल्पनिय घट्ना भयो भन्ने जानकारहरु बताउँछन् ।

स्थानीयहरुका अनुसार भीमसेनको मूर्तिमा पसिना आउँदा पसिना पुछेको कपास पहिले–पहिले राजदरबार पठाउने र त्यहाँबाट बलि पूजा पठाउने चलन रहेको थियो ।

यस्तो छ जिल्ला प्रशासनले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ६ : २८ बजे

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन