प्रहरीद्वारा सङ्कलित १ सय ८७ थान सिलिण्डर वितरण | Khabarhub Khabarhub

प्रहरीद्वारा सङ्कलित १ सय ८७ थान सिलिण्डर वितरण


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले विभिन्न स्थानबाट सङ्कलन गरेको १८७ थान रिक्ता अक्सिजन ग्याँसका सिलिण्डर ग्याँस कम्पनीलाई वितरण गरेको छ ।

विश्वव्यापी रूपमा पैmलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणलाई ध्यानमा राखी अस्पतालहरूमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिन प्रहरीले ग्याँस सिलिण्डर सङ्कल गरेर कम्पनीलाई वितरण गरेको हो ।

विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास बेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिण्डर सङ्क्रमित विरामीको उपचारार्थ विभिन्न अस्पतालमा पठाउने गरी पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

कुनै पनि कम्पनी तथा व्यक्तिसँग भएका सिलिण्डर अक्सिजन उत्पादन कम्पनीलाई उपलब्ध गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दै उनले वर्तमान अप्ठ्यारो अवस्थामा सङ्कलन गरिएका सिलिण्डर पछि सम्वन्धित संस्था तथा कम्पनीलाई फिर्ता गरिने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ७ : ४५ बजे

कांग्रेसका विशेष महाधिवेशन पक्षधर जुटे थापागाउँमा

काठमाडौं– नेपाली कांग्रेसमा बढ्दै गएको विवादबीच विशेष महाधिवेशन पक्षधरहरू काठमाडौंको

माओवादी महाधिवेशन आयोजक समितिको बैठक कमलादीमा (तस्बिरहरू) 

काठमाडौं– नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा प्रतिष्ठानको

कांग्रेस केन्द्रीय समिति बैठक ढिलो गरी सुरु

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो एक बजेका लागि

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

दमौली– यहाँको व्यास नगरपालिका–१ छाब्दीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर

विवादित अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल पक्राउ

काठमाडौं- काठमाडौं- पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की, काठमाडौंका मेयर बालेन्द्र