प्रधानमन्त्रीका स्वकीय सचिवलाई पनि पुनः सङ्क्रमण | Khabarhub Khabarhub

प्रधानमन्त्रीका स्वकीय सचिवलाई पनि पुनः सङ्क्रमण


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पनि पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

पीसीआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उनका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ९ : ०१ बजे

भान्सद्वारा युक्रेन युद्धमा रुसमाथि दबाब दिन भारतमाथि लगाइएको भन्सार शुल्कको बचाउ

वाशिङ्टन- अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले आइतबार भारतमाथि लगाइएका माध्यमिक प्रतिबन्ध

कांग्रेसका शीर्ष नेताको बैठक स्थगित, दिउँसो पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सोमबार बिहानका

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा 

लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले

राज्य व्यवस्था समिति सभापतिको चुनाव भदौ ११ गते

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि

वीरगञ्जको नारायणी अस्पतालमा हैजा नियन्त्रणसम्बन्धी बैठक बस्दै

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल हैजाको सङ्क्रमण फैलिएको वीरगञ्जको