२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण) « Khabarhub

२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण)


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार २८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको हो ।

१७ हजार ३१५ जनाको पीसीआर र ९८९ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा 5, उदयपुरमा 19, ओखलढुंगामा 2, खोटाङमा ७, झापामा २७६, ताप्लेजुङमा ८, धनकुटामा ९, पाँचथर ३, भोजपुरमा १, मोरङमा २५४, संखुवासभामा २, सुनसरी १५७ र सोलुखुम्बुमा २५ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ११६, पर्सामा १०७, बारामा २८, महोत्तरीमा ४२, रौतहटमा ४९, सप्तरीमा १२, सर्लाहीमा २१ र सिरहामा २१ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार २७० जनामा कोरोना भेटिएको छ । काभ्रेमा ५०, चितवनमा १२५, दोलखामा ८, धादिङमा ६८, नुवाकोटमा ४४, भक्तपुरमा ३८१, मकवानपुरमा १३४, रसुवामा २४, रामेछापमा ४९, ललितपुरमा ४६२, सिन्धुपाल्चोकमा ५२ र सिन्धुली १०७ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २८५, गोरखामा २०, तनहुँमा १३, नवलपरासी पूर्वमा १३, पर्वत ५, मनाङ २, म्याग्दी १३, लमजुङमा ७, बागलुङमा ४ र स्याङजामा २२ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा २८, गुल्मीमा १९, दाङमा १८९, नवलपरासीमा ८१, पाल्पामा ९२, प्यूठानमा १५, बर्दियाका ११३, बाँकेमा ५५५, रुपन्देहीमा ८६१ र रोल्पामा ५ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा १५, जुम्ला ५, दैलेखमा ६३, सल्यानमा ४७, सुर्खेतमा ५९७, मुगुमा १, रूकु्म पश्चिममा १८ र हुम्लामा २ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४१, कञ्चनपुरमा ५, कैलालीमा १०, डडेल्धुरामा २९, डोटी २१, दार्चुला ४, बझाङमा १ र बैतडीमा १११ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ९ : ४० बजे

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको