वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने सरकारको निर्णय « Khabarhub

वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने सरकारको निर्णय


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले वीर अस्पतालको नयाँ भवनमा कोरोना भाइरसको संक्रमणबाट बिरामी भएकालाई मात्रै उपचार गर्ने निर्णय गरेको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधनका क्रममा घोषणा गरेअनुसार वीरको नयाँ भवनमा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीको घोषणालाई आधार मान्दै आफ्नो नयाँ भवनमा कम्तिमा पाँच सय बेडसहितको उपचार सेवा दिने गरी हाल जनशक्ति र उपकरणको व्यवस्थामा वीर जुटिरहेको छ ।

त्यसको नाम युनिफाइड कोभिड अस्पताल राख्ने प्रस्ताव गरिएको छ ।

बैठकमा सामेल एक मन्त्रीका अनुसार शनिबारको बैठकमा राजनीतिसम्बन्धी कुनै पनि निर्णय भएको छैन ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : २७ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ