समृद्ध देशमा भ्याक्सिनले नियन्त्रण गर्दैछ कोरोना | Khabarhub Khabarhub

समृद्ध देशमा भ्याक्सिनले नियन्त्रण गर्दैछ कोरोना


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जब २०२० को जनवरीबाट कोभिड–१९ तीव्रगतिमा फैलिन थाल्यो, विश्वभरका सरकारसँग यस भाइरसविरुद्ध लड्न आवश्यक पर्ने थोरै मात्र तयारी थियो । उपचारको वैज्ञानिक विधि पुष्टि नभइसकेको अवस्था होओस् वा भ्याक्सिनको आभाव, शुरूवाती दिनमा भाइरससँग लड्न निक्कै मुश्किल थियो । ठूलो समूहको परीक्षणका लागि आवश्यक पर्ने सामग्रीको अभावले गर्दा राजनीतिक नेतृत्वसँग भाइरससँग लड्न थोरै मात्र विकल्प थियो ।

विश्वभरका सरकारले शुरूवाती चरणमा महामारी नियन्त्रणका लागि चार वटा तरिका अपनाएका थिए । चीन, न्यु जिल्यान्ड, भियतनाम र थाइल्यान्डले भाइरस नियन्त्रणमा लिन अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएका थिए । सिङ्गापुर, हङकङ र दक्षिण कोरिया जस्ता देशले भाइरसको कडाइपूर्वक परीक्षण, ट्रेसिङ, र आइसोलेशनको सहायताले नियन्त्रणमा लिए ।

यस्तो गर्दा यी देशले लकडाउनको कडा कदम लिनबाट देशलाई जोगाएका थिए । स्वीडेनले आफ्नो स्वास्थ्य सेवाले कोभिड–१९ का बिरामीलाई धान्न सक्दैन भनेर नबुझ्दासम्म भाइरस फैलिन दियो ।

यस्तै युरोपेली देशहरू  बेलायत र फ्रान्सले सीमानाका खुला राख्दै लकडाउनका माध्यमबाट भाइरस नियन्त्रणमा लिने प्रयास गरे । यस्तो विधि इन्धन सकिँदै गरेको विमानलाई रोक्ने प्रक्रियाजस्तै थियो । लामो लकडाउनका कारण मानिसहरू आजित भएका थिए । कोभिडका कारण अर्थतन्त्र धराशयी हुँदै थियो तर भाइरस पूर्णरुपमा नियन्त्रणमा आएन ।

भ्याक्सिन आउनुभन्दा अघि कोरोना नियन्त्रण गर्ने सबैभन्दा उत्कृष्ट विधि भनेको नै देशलाई ‘जिरो कोभिड’ को अवस्थामा पुर्‍याउनु थियो । यो तरिका न्यु जिल्यान्ड, ताइवान, चीन लगायतका देशले अपनाएका थिए । तर, यो अवस्थामा पछिल्लो १५ महीनामा व्यापक परिवर्तन आइसकेको छ ।

अहिले हामीसँग सुरक्षित र प्रभावकारी भ्याक्सिन छ, हामी कोरोनाको उपचार गर्नुका साथै धेरै समूहको परीक्षण गर्न सक्ने अवस्थामा छौँ । यसले सरकारलाई पहिला अपनाइएको रणनीतिको विकल्पमा अन्य तरिका अपनाउने सन्दर्भमा पुनः विचार गर्न समय दिएको छ । कोरोना भाइरसको उपचारको विकल्प लकडाउनको सट्टामा भ्याक्सिन प्रयोग गर्नु हो, जुन दीर्घकालीन छ ।

कोभिड–१९ का कारण हुने मृत्यले विश्वभरका सरकारलाई पछाडि हट्न बाध्य बनायो । यस्तै, सरकारहरू पछाडि हट्नुको अर्को कारण भनेको स्वास्थ्य सेवामा यसले पारेको ठूलो असर र युवाहरूमा पनि यो भाइरसको लामो समयसम्म देखिने स्वास्थ्य समस्या थियो ।

कोरोना महामारीबाट उठिसकेका समृद्ध देशले गरिब देशलाई महामारीसँग लड्न आवश्यक सामग्री छिटो व्यवस्था गरिदिनुपर्छ । जब कोभिड भाइरसबाट मुक्ति पाउँदै विश्वभरकै जनजीवन सहज अवस्थामा प्रवेश गर्छ त्यो बेलामात्रै महामारी पूर्णरूपमा सकिएको भन्न मिल्नेछ ।

लकडाउन नगरेको अवस्थामा भाइरस तीव्र गतिमा फैलिने देखियो । भाइरसका डरले मानिसले आफ्नो जीवनपद्धतिमै परिर्वतन गरे जसका कारण अर्थतन्त्रमा निकै असर पुग्यो । भ्याक्सिनले यी तीन समस्याको सम्बोधन गरेको छ ।

सरकारले ८० देखि ९० प्रतिशत जनतालाई कोभिड विरुद्धको भ्याक्सिन लगाउन सकेको अवस्थामा यो भाइरसका कारण स्वास्थ्य प्रणालीमा देखिएको समस्या व्यवस्थित गर्न सकिनेछ । पर्याप्त मात्रामा भ्याक्सिन प्रयोगले यो भाइरसलाई पनि लहरे खोकी, दादुरा जस्तै बनाउनेछ ।

हामीलाई अब स्पष्ट के थाहा भयो भने भ्याक्सिनेसनले अस्पतालमा भर्ना हुने संख्या र मृत्यको संख्यामा कमी ल्याउँछ । अमेरिकाको संक्रामक रोग नियन्त्रण तथा रोकथाम विभागको अध्ययनअनुसार भ्याक्सिनेसन (फाइजर र मोडेर्ना) लगाएका ज्येष्ठ नागरिकको तुलनामा भ्याक्सिन नलगाएका ज्येष्ठ नागरिक अस्पतालमा भर्ना हुने संख्या निकै कम पाइएको छ ।

स्कटल्यान्डमा गरिएको एक अध्ययनअनुसार पहिलो चरणको भ्याक्सिन प्रयोग गरेका मानिसमा अस्पताल भर्ना हुने दर ८५ प्रतिशतदेखि ९४ प्रतिशतसम्म कम पाइएको छ । त्यसअघि याले विश्वविद्यालयले गरेको अध्ययनअनुसार पनि भ्याक्सिन प्रयोग गरेका मानिसमा कोभिडको असर कम देखिएको थियो । अध्ययनअनुसार भ्याक्सिन प्रयोग गरेका ३० देखि ४० प्रतिशत मानिसको कोभिड रिपोर्टमा लक्षणमा देखिएको असरभन्दा सुधार आएको पाइएको थियो ।

यदि भ्याक्सिनले मानिसलाई गम्भीर बिरामी हुन र मृत्युबाट जोगाउँछ भने धेरै मात्रामा भ्याक्सिन प्रयोग गरेका देशमा महामारीको अन्त्य नजिक छ । स्कटल्यान्डका स्वाथ्यकर्मीहरूको एक अध्ययन (पेयर रिभ्यु भएको छैन) ले भ्याक्सिनले संक्रमणलाई पनि रोक्न गर्ने सुझाब दिएको छ । भ्याक्सिनेसन कार्यक्रममा इजरायल सबैभन्दा अगाडि छ,  अमेरिका र बेलायत पनि इजरायलभन्दा खासै पछि छैनन् । युरोपियन युनियन पनि अगाडी बढ्दै छ ।

यसपछि सम्भवतः पूर्वी एसिया र प्यासिफिक देशहरू हुनेछन् । जब त्यहाँका सम्पूर्ण मानिस भ्याक्सिनको पहुँचमा आउने छन् तब त्यहाँ समान्य जीवन शुरू हुनसक्नेछ । उनीहरूले आफ्नो अन्तर्राष्ट्रिय सीमामा लगाइएको बन्देज सवधानी र व्यवस्थित तरिकाले हटाउन सक्नेछन् ।

यी देशमा संक्रमणका विषय केही समयपछि अप्रासङ्गिक हुनेछन् किनभने संक्रमण दर, अस्पताल भर्ना हुने संख्या र मृत्यु दरमा धेरै परिवर्तन आउनेछ । भ्याक्सिन र उपचारका क्षेत्रमा काम गरेका वैज्ञानिकहरूको लामो समयदेखि उद्देश्य नै यही थियो । यस्तो भएको अवस्थमा वैज्ञानिकहरूको कामले सफलता पाएको बुझिनेछ ।

नयाँ प्रकारको भेरियन्टलाई छोड्ने हो भने समृद्ध देश बेलायत र अमेरिकामा एक महीना अथवा हप्ताभित्रमा त्यहाँका नागरिकले महामारीको अन्त्य भएको देख्नेछन् ।

यसबीचमा पनि अनिश्चिताका दुई क्षेत्र छन् । कोरोनाका नयाँ प्रकारका भेरियन्ट आउन सक्छन् जसले भ्याक्सिनको प्रभावकारिता कम गर्न सक्छ । अर्कोतर्फ भ्याक्सिन प्रयोग नगरेका बालबच्चा र युवाहरूलाई कोरोनाबाट कसरी बचाउने भन्ने चुनौती हामीमाझ रहनेछ । सोह्र वर्षभन्दा कम उमेरका बच्चाहरूमा पनि भ्याक्सिन लगाउनु अपरिहार्य देखिन्छ । अमेरिकाले १२ देखि १५ वर्षका बालबच्चामा फाइजर भ्याक्सिन प्रयोगको अनुमति दिएको छ ।

यो महामारी कहिले सकिन्छ त ?

कोभिड–१९ छिट्टै समाप्त हुँदैन । इतिहास साक्षी छ कि महामारी तब मात्रै सकिन्छ जब यसले हाम्रो दैनिक जीवनमा प्रभाव पार्न कम गर्छ । साथै महामारीको अन्त्य हुन त्यसले अन्य स्वास्थ्य चुनौती पनि कम गर्नुपर्छ । नयाँ प्रकारको भेरियन्टलाई छोड्ने हो भने समृद्ध देश बेलायत र अमेरिकामा एक महीना अथवा हप्ताभित्रमा त्यहाँका नागरिकले महामारीको अन्त्य भएको देख्नेछन् ।

ल्याटिन अमेरिका, सव–सहारन अफ्रिका र दक्षिण एसियाका गरिब देशमा यस्तो अवस्था छैन । जुन देशले कोभिड–१९ को भ्याक्सिन, उपचार, प्रविधि लगायतमा आवश्यक पर्ने खर्च गर्न सक्दैन त्यो देशका अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र वृद्धवृद्धा भाइरसको बढ्दो संक्रमणबाट मुक्त हुन सक्ने छैनन् । त्यसैले अब यो दायित्व धनी देशहरूको पनि हो ।

समृद्ध देश जो कोरोना महामारीबाट उठिसकेका छन्, ती देशले गरिब देशलाई महामारीसँग लड्न आवश्यक पर्ने सामग्री छिटोभन्दा छिटो व्यवस्था गरिदिनुपर्छ । जब कोभिडको भाइरसबाट मुक्ति पाउँदै विश्वभरकै जनजीवन सहज अवस्थामा प्रवेश गर्छ त्यो बेलामात्रै महामारी पूर्णरूपमा सकिएको भन्न मिल्नेछ ।

(प्राध्यापक देवी श्रीधर एडिनबर्ग विश्वविद्यालय अन्तर्गत ग्लोबल सार्वजनिक स्वास्थ्यका अध्यक्षका रूपमा कार्यरत छिन् । ३१ मे २०२१ मा द गार्डियनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : १० बजे

ठेक्का अलपत्र पार्ने मन्त्रीको जवाफ- त्यो निर्माण कम्पनी नै मेरो होइन

काठमाडौं- देशका कयौँ स्थानमा ठेक्का लिएर विकास योजना अलपत्र लागेको

झापामा रगत अभाव

झापा– अस्पतालमा बिरामीको चाप बढेसँगै जिल्लामा रगतको अभाव हुन थालेको

रारा विमानस्थलमा नियमित उडान नहुँदा मुगुवासी समस्यामा

मुगु–  रारा विमानस्थल ताल्चामा नियमित उडान नहुँदा मुगुका सर्वसाधारण समस्यामा

भारतको प्रतिक्रिया- नेपालबाट बिजुली बंगलादेश पुग्नु उत्साहजनक

काठमाडौं- नेपाल-बंगलादेश विद्युत् व्यापारबाट ऊर्जा क्षेत्रमा क्षेत्रीय कनेक्टिभिटी बढाउने प्रतिक्रिया

काठमाडौं महानगर-१० मा स्वास्थ्य प्रवर्धन केन्द्रबाट सेवा सुरु

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नंं १० ले मध्य बानेश्वरमा स्वास्थ्य