‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई « Khabarhub

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ अफ पिरियड’का बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै छानबिनको दायरामा ल्याउनु पर्ने बताएका छन् ।

भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत दाहाललाई सम्बोधन गर्दै संघीय निजामति सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रधानमन्त्री लक्षित अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानआकर्षण भएको उल्लेख गरेका छन् ।

उनले पूर्वप्रधानमन्त्री समेत रहेका दाहालमाथि यस प्रकरणमा तीन वटा कारणले छानबिन गर्न माग गरेका छन् ।

दाहालले शनिबार एक कार्यक्रममा यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली माथि छानबिन गर्नुपर्ने अभिव्यक्ति दिएपछि भट्टराईले त्यसको कडा प्रतिवाद गरेका हुन् ।

उनले भनेका छन्– ‘२०८० साल फागुन ११ गते संसदमा यो विधेयक दर्ता भएको बेला तपाईँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाईँकै अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले यो विधेयकलाई संसदमा पेश गर्न स्विकृति दिएको हो, जसमा कुलिङ अफ पिरियडको कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाईँ कुलिङ अफ पिरियडको पक्षमा हुनुहुन्थेन ।’

भट्टराईले आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो भन्दै प्रश्न समेत गरेका छन् ।

दाहाल प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्थ समितिको वरिष्ठ सदस्य भएको स्मरण गराउँदै भट्टराईले सोही समितिले कुलिङ अफ पिरियड राख्ने निर्णय गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्– ‘तर समितिको प्रतिवेदन संसदमा पेश गर्दा यो व्यवस्थलाई किन तलमाथि गरियो ? समितिको वरिष्ठतम् सदस्यको हैसियतले तपाईँमाथि नै नैतिक प्रश्न उठ्छ हैन र ?’

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ९ : १६ बजे

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर

‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन

बुटवलको मोतिपुरमा प्रदर्शन, भने- डोजर आतंक बन्द गर, सुकुम्वासी हुनु रहर होइन, बाध्यता

काठमाडौं– मोतिपुर क्षेत्रका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध