चीनमा ‘फास्ट एण्ड फ्युरियस ९’ को बम्पर कमाइ | Khabarhub Khabarhub

चीनमा ‘फास्ट एण्ड फ्युरियस ९’ को बम्पर कमाइ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ(बलिउड लाइफ)– कोभिड महामारीको समयमा फिल्म निर्माताहरुले ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ । यो समयमा कम फिल्म रिलिज भए र केही अपवादबाहेक फिल्मले लगानी उठाए । लगानी उठाएका फिल्मको समानता के छ भने ती फिल्ममा ठूला स्टारको अभिनय छ ।

अभिनेता विन डिजललाई हलिउडको सलमान खान नै भनिन्छ । जसको अभिनयबाट विश्व नै प्रभावित छ । विनले कोरोना महामारीमा आफ्नो ‘फास्ट एण्ड फ्यूरियस ९’ जस्तो एक्सन फिल्म रिलिज गरे । यो सिरिजमा विनको गाडीको एक्सन निकै चर्चामा छ ।

मे १९ मा ग्लोबल मार्केटमा रिलिज भएको यो फिल्मले चीनमा बम्पर कमाई गरेको छ । यो फिल्ममा निर्माताले करिब २ सय मिलियन डलर लगानी गरेका छन् । फिल्मले हालसम्म बक्सअफिसमा २ सय ५० मिलियन बढी कमाइ गरिसकेको छ ।

फिल्मले थिएटरमा २ सय ५५ दशमलब ७६ मिलियनको कमाइ गरेको छ । जसमध्ये २ सय ३ मिलियन रुपैंयाँ चीनको कलेक्सन हो ।

फिल्मलाई निर्माताले जुन २५ मा अमेरिकी बजारमा रिलिज गर्दैछन् । फिल्मले विश्वव्यापी सफलता पाइरहँदा आन्तरिक बजारमा पनि उस्तै सफलता पाउने व्यापार विश्लेषकको बुझाई छ ।

फिल्मको समीक्षाको कुरा गर्दा समीक्षकले राम्रो समीक्षा दिएका छैनन् । यो फिल्मलाई सिरिजकै सबैभन्दा कमजोर फिल्म मानेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १२ : ०५ बजे

दसैँको सामग्री बनाउन भक्तपुरका कुम्हाले व्यस्त 

भादगाउँ– भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको

पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

कञ्चनपुर– संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथाबाट मुक्त

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?

काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना

अविरल वर्षाले धानबालीमा क्षति

नवलपरासी– हालैको अविरल वर्षातले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका