‘सी सेड’ मा देखाइदै हार्वेको यौनकाण्ड « Khabarhub

‘सी सेड’ मा देखाइदै हार्वेको यौनकाण्ड


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(द इण्डियन एक्सप्रेस)– यौन दुव्र्यवहारको आरोपमा जेल सजाय काटिरहेका हलिउड निर्माता हार्वे विन्स्टनको कथामा रहेर फिल्म ‘सी सेड’ निर्माण हुने भएको छ । युनिभर्सल पिक्चरले निर्माण गर्ने फिल्म अहिले प्रोडक्सन चरणमा छ ।

‘सी सेड’ सन् २०१९ मा न्यूयोर्क टाइम्सले विन्स्टनले गरेको यौन दुव्र्यवहारको विषयमा प्रकाशित पुस्तक हो । युनिभर्सल पिक्चरले यही नामलाई सापटी लिएर फिल्म बनाउन लागेको हो ।

फिल्ममा केरी मुलीगन र जोए काजानले मेगन ट्वोए र जोडी कान्टोरको भूमिका निभाउदैछन् । मेगन र जोडी पुस्तकका लेखक हुन् । जसले सन् २०१७ अक्टोबरको रिपोर्टिङका आधारमा पत्रकारिताको विश्वप्रख्यात ‘पुलित्जर पुरस्कार’ जितेका थिए ।

हलिउडका शक्तिशाली निर्माताका रुपमा चिनिएका विन्स्टनलाई झण्डै सय महिलाले यौन दुव्यर्वहारको आरोप लगाएका थिए । न्यूर्योक टाइम्स र न्यूयोर्करमा यस विषयमा समाचार प्रकाशन भएपछि वास्तविकता बाहिरिएको थियो ।

आफूमाथि लागेको आरोप अस्वीकार गरेका विन्स्टनलाई सन् २०२० को मार्चमा २३ वर्षको जेल सजाय सुनाइएको थियो । उनलाई न्यूयोर्कको अदालतले बलात्कार र यौन दुव्र्यवहारमा दोषी ठहराएको थियो ।

उनले आदेशविरुद्ध पुनरावेदन दिए पनि उनीमाथि अन्य महिलाले थप आरोप लगाएका थिए ।

पुस्तकमा घटनाको अनुसन्धान र दुई पत्रकारले समाचार प्रकाशन गर्दा झेलेको कानूनी अवरोधलगायतका विषयलाई समेटिएको छ ।

यद्यपि ‘विन्स्टन काण्ड’ वृत्तचित्र, फिल्म र टेलिभिजन शोका लागि विषयवस्तु बनेको थियो । फिल्म ‘सी सेड’को निर्देशन जर्मन निर्देशक मारिया स्रेडरले गर्नेछिन् । फिल्मको रिलिज मिति सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १२ : ४९ बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७