‘सी सेड’ मा देखाइदै हार्वेको यौनकाण्ड « Khabarhub

‘सी सेड’ मा देखाइदै हार्वेको यौनकाण्ड


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(द इण्डियन एक्सप्रेस)– यौन दुव्र्यवहारको आरोपमा जेल सजाय काटिरहेका हलिउड निर्माता हार्वे विन्स्टनको कथामा रहेर फिल्म ‘सी सेड’ निर्माण हुने भएको छ । युनिभर्सल पिक्चरले निर्माण गर्ने फिल्म अहिले प्रोडक्सन चरणमा छ ।

‘सी सेड’ सन् २०१९ मा न्यूयोर्क टाइम्सले विन्स्टनले गरेको यौन दुव्र्यवहारको विषयमा प्रकाशित पुस्तक हो । युनिभर्सल पिक्चरले यही नामलाई सापटी लिएर फिल्म बनाउन लागेको हो ।

फिल्ममा केरी मुलीगन र जोए काजानले मेगन ट्वोए र जोडी कान्टोरको भूमिका निभाउदैछन् । मेगन र जोडी पुस्तकका लेखक हुन् । जसले सन् २०१७ अक्टोबरको रिपोर्टिङका आधारमा पत्रकारिताको विश्वप्रख्यात ‘पुलित्जर पुरस्कार’ जितेका थिए ।

हलिउडका शक्तिशाली निर्माताका रुपमा चिनिएका विन्स्टनलाई झण्डै सय महिलाले यौन दुव्यर्वहारको आरोप लगाएका थिए । न्यूर्योक टाइम्स र न्यूयोर्करमा यस विषयमा समाचार प्रकाशन भएपछि वास्तविकता बाहिरिएको थियो ।

आफूमाथि लागेको आरोप अस्वीकार गरेका विन्स्टनलाई सन् २०२० को मार्चमा २३ वर्षको जेल सजाय सुनाइएको थियो । उनलाई न्यूयोर्कको अदालतले बलात्कार र यौन दुव्र्यवहारमा दोषी ठहराएको थियो ।

उनले आदेशविरुद्ध पुनरावेदन दिए पनि उनीमाथि अन्य महिलाले थप आरोप लगाएका थिए ।

पुस्तकमा घटनाको अनुसन्धान र दुई पत्रकारले समाचार प्रकाशन गर्दा झेलेको कानूनी अवरोधलगायतका विषयलाई समेटिएको छ ।

यद्यपि ‘विन्स्टन काण्ड’ वृत्तचित्र, फिल्म र टेलिभिजन शोका लागि विषयवस्तु बनेको थियो । फिल्म ‘सी सेड’को निर्देशन जर्मन निर्देशक मारिया स्रेडरले गर्नेछिन् । फिल्मको रिलिज मिति सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १२ : ४९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी