यसरी भयो मुख्यमन्त्री भट्टलाई एमाले विभाजनको लाभ « Khabarhub

यसरी भयो मुख्यमन्त्री भट्टलाई एमाले विभाजनको लाभ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबैभन्दा ठूलो दल नेकपा (एमाले) को आन्तरिक किचलोको परिणाममा प्रदेश सभाको विश्वासको मत हासिल गरेका छन् ।

कुल ५३ सदस्यीय प्रदेश सभामा सभामुखसहित नेकपा (एमाले) का २५ सदस्य छन् । सभामुखलाई छाडेर नेपाल–खनाल (माधवकुमार नेपाल र झलना खनाल) पक्षमा १७ जना र ओली (केपी शर्मा ओली) पक्षमा ७ जना छन् ।

नेकपा (माओवादी केन्द्र) १३ जना सदस्यसहित दोस्रो दल हो । माओवादी केन्द्रका १४ जना सदस्य रहेकोमा झपट बोहोराले एमालेको ओली पक्षलाई सघाएपछि उनी बर्खास्त गरिएका थिए । नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टी (जसपा) का २ जना सदस्य छन् ।

मुख्यमन्त्री भट्टले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा ओली पक्षका ७ जनाको र जसपाका २ जनाको गरी ९ मत पर्‍यो । प्रस्तावको पक्षमा मुख्यमन्त्री भट्टले उनको दलको १३ मत र एमालेको नेपाल–खनाल पक्षको १७ मत गरी ३० मत पाए । बहुमतका लागि उनलाई कम्तीमा २७ मत आवश्यक हुन्थ्यो ।

नेपाली कांग्रेस मतदानमा सहभागी भएन, तटस्थ बस्यो ।

एमालेको ओली पक्षले मुख्यमन्त्री भट्टलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि नेपाल–खनाल पक्षले समर्थन जनाएको थियो । आम निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धले बहुमत हासिल गरेपछि भट्ट मुख्यमन्त्री बनेका थिए । पार्टी विभाजनपछि एमाले संसदीय दलमा नेपाल–खनाल पक्षका प्रकाशबहादुर शाह संसदीय दलको नेता निर्वाचित भए ।

एमाले संसदीय दलको बहुमतले मुख्यमन्त्री भट्टलाई समर्थन गर्ने निर्णय गरेपछि उनले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । एमालेको नेपाल–खनाल पक्षको समर्थन पाउने भएपछि भट्टले सोहीअनुसार मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।

११ सदस्यीय मन्त्रिमण्डलमा एमालेको नेपाल–खनाल पक्षका ५ मन्त्री र २ राज्यमन्त्रीसहित ७ जना छन् ।

नेपाली कांग्रेस प्रदेश सभामा विपक्षी दल बनेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  २ : २५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको