सम्बन्धविच्छेदपछि पनि सन्तानको हेरविचार गर्दै यी जोडी « Khabarhub

सम्बन्धविच्छेदपछि पनि सन्तानको हेरविचार गर्दै यी जोडी


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता रणवीर शौरीले हालै एक अन्तरवार्तामा आफू र पूर्व पत्नी कोंकण सेन मिलेर छोरा हारुनको रेखदेख गरिरहेको बताएका थिए । उनका अनुसार हारुन एक साता आमासँग र एक साता आफूसँग बस्ने गरेका छन् ।

रणवीर र कोंकणाले सन् २०१० मा विवाह गरेका थिए । विवाहको एक वर्षपछि हारुन जन्मिए । तर सन् २०१५ मा दुवै अलग हुने निर्णय लिए । तर अदालती प्रक्रियाबाट सन् २०२० मा उनीहरु आधिारिक रुपमा छुट्टिए ।

त्यसो त कोंकणा र रणवीरबाहेक बलिउडमा यस्ता कैयौं जोडी छन्, जो सम्बन्धविच्छेद पछि पनि आफ्नो सन्तानको रेखदेख गरिरहेका छन् । सन्तानलाई आमाबाबुको कमी महशुस हुन नदिन जोडीहरु जोडिएका छन् ।

अभिनेता ऋतिक रोशन र उनकी श्रीमति सुजैनले १४ वर्षे वैवाहिक जीवनलाई सन् २०१४ मा आपसी सहमतिमा टुंग्याए । उनीहरुको ऋहान र ऋदान गरी दुई सन्तान छन् । दुवै सन्तानका लागि उनीहरु कहिले पिकनिक, कहिले बिदाको समयलाई आउटिङमा सदुपयोग गरिरहन्छन् ।

सन्तानलाई मातृसुखको कमी नहोस् भन्नकै लागि गत वर्ष लकडाउनमा सुजैन ऋतिकको घरमा सरेकी थिइन् ।

अभिनेत्री मलाइका अरोडाले सन् १९९८ डिसेम्बर १२ मा अभिनेता अरबाज खानसँग विवाह गरेकी थिइन् । कैयौं वर्षसम्म सँगै रहेपछि यो जोडीले सन् २०१७मा अलग्गिने निर्णय लिए ।

दुवैको एक छोरा छन् । जसको रेखदेखको अधिकार मलाइकाले पाए पनि अरबाज समय समयमा छोरासँग समय बिताइरहन्छन् ।

अभिनेता आमिर खानले सन् १९८७ मा रिना दत्तासँग विवाह गरे । दुवैको दुई सन्तान जुनैद र आइरा छन् । सन् २००२ मा आमिरले रिनासँग सम्बन्धविच्छेद गरेपछि सन्तानको स्याहारसुसार अधिकार रिनाले पाइन् ।

सम्बन्धविच्छेदपछि पनि आमिर र रिनाले दुवै सन्तानलाई अभिभावको अभाव महशुस हुन दिएका छैनन् । रिनासँग अलग्गिएपछि आमिरले फिल्म ‘लगान’की सहायक निर्देशक किरण रावसँग विवाह गरे । दुवैको एक सन्तान आजाद छन् ।

अभिनेता तथा निर्देशक फरहान अख्तरले सन् २००० मा अधुनासँग विवाह गरेका थिए । विवाहको १६ वर्षपछि सन् २०१७ मा दुवैले अलग्गिने निर्णय लिए । यसपछि दुवै छोरीलाई हेरविचारगर्ने जिम्मा अधुनाले पाइन् । तर फरहान अधुनासँग मिलेर छोरीहरुको हेरचाह गरिरहेका छन् ।

अभिनेता अर्जुन रामपालले सन् १९९८ मा पूर्व मिस इण्डिया र सुपरमोडल मेहर जेसियासँग विवाह गरेका थिए । विवाहको २० वर्षपछि सन् २०१८ मा अलग्गिने निर्णय लिए । सन् २०१९ मा बान्द्रा फेमिली कोर्टले उनीहरुलाई अलग्गिन अनुमति दियो । उनीहरु अहिले दुई सन्तानको मिलेर हेरविचार गरिरहेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ४ : ४५ बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७