अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह  « Khabarhub

अक्सिजन सिलिन्डर भरेर राख्न स्वास्थ्य मन्त्रालयको आग्रह 


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोन भाइरस संक्रमणको जोखिम कायमै रहेको हुँदा अक्सिजन सिलिण्ड व्यवस्थापनमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै विभिन्न बाहनामा घर वा टोलमा लगिएका अक्सिजन सिलिण्डरहरु समबन्धित उद्योगमा यथाशीघ्र  पुर्‍याउन, अक्सिजन उद्योगहरुलाई अक्सिजन भरेर राख्न तथा अस्पतालहरुलाई पनि अधिकतम मात्रा अक्सिजनको अभाव हुन नदिने कार्यमा जुट्न आग्रह गरेको हो ।

मन्त्रालयले अक्सिजन प्लान्ट वा टयांकहरु मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यस्था मिलाउन समेत अस्पतालहरुलाई ग्रह गरेको छ ।

उपचारका लागि अत्यावश्यक हुने अक्सिजन भर्नुपर्ने सिलिन्डहरु महामारीका कारण देशका विभिन्न भागमा व्यक्तिका घरमा,टोल, आइसोलेशन सेन्टर र अस्पतालकहरुमा पुगेकाले उद्योगमा सिलिन्डर अभाव हुने अवस्था आएकोप्रति मन्त्रालयले सचेत गराएको हो ।

‘जुनसुकै व्यक्ति संस्था, निकायहरुले जुनसुकै बहानामा लैजानु भएको अक्सिजनका सिलिन्डहरु यथाशीघ्र सम्बन्धित उद्योगमा उपलब्ध गराउनु होला’,  मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ४ : २१ बजे

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा