आज ५३ अंकले बढ्यो नेप्से, १६ अर्ब ९५ करोडको कारोबार « Khabarhub

आज ५३ अंकले बढ्यो नेप्से, १६ अर्ब ९५ करोडको कारोबार


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्से मंगलबार ५३.४४ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्सेमा उत्साहजनक वृद्धि भइ आज २९६०.१४ बिन्दुमा पुगेको हो ।

आज होटल, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूहबाहेक सबै समूहका परिसूचकमा वृद्धि भएको छ । विकास बैंक ९.०४ प्रतिशतले बढेको छ त्यस्तै वित्त समूहको परिसूचक ८.७१ प्रतिशतले बढेको छ ।

बैंकिङ समूहको परिसूचक १.०३ प्रतिशतले बढेको छ । सात कम्पनीको शेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ । मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, जानकी फाइनान्स, शांग्रिला डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र श्री फाइनान्सको शेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो । सर्किट ब्रेकर लागेका कम्पनीसँगै ३६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

आज ३ करोड ५७ लाख कित्ता शेयर किनबेच भएका छन् । कुल १६ अर्ब ९५ करोड रुपैयाँ शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ५ : ४१ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म