आज ५३ अंकले बढ्यो नेप्से, १६ अर्ब ९५ करोडको कारोबार « Khabarhub

आज ५३ अंकले बढ्यो नेप्से, १६ अर्ब ९५ करोडको कारोबार


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्से मंगलबार ५३.४४ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्सेमा उत्साहजनक वृद्धि भइ आज २९६०.१४ बिन्दुमा पुगेको हो ।

आज होटल, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूहबाहेक सबै समूहका परिसूचकमा वृद्धि भएको छ । विकास बैंक ९.०४ प्रतिशतले बढेको छ त्यस्तै वित्त समूहको परिसूचक ८.७१ प्रतिशतले बढेको छ ।

बैंकिङ समूहको परिसूचक १.०३ प्रतिशतले बढेको छ । सात कम्पनीको शेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ । मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, जानकी फाइनान्स, शांग्रिला डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र श्री फाइनान्सको शेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो । सर्किट ब्रेकर लागेका कम्पनीसँगै ३६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

आज ३ करोड ५७ लाख कित्ता शेयर किनबेच भएका छन् । कुल १६ अर्ब ९५ करोड रुपैयाँ शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ५ : ४१ बजे

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका