नेपाल–खनाल समूहलाई पार्टीबाट छुट्टिएर जान पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष « Khabarhub

नेपाल–खनाल समूहलाई पार्टीबाट छुट्टिएर जान पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाल–खनाल पक्षलाई पार्टीबाट छुट्टिएर जान कटाक्ष गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको आह्वानमा नेपाल-खनाल समूहको जवाफपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो कटाक्ष गरेका हुन् ।

उनले नेपाल-खनाल समूहलाई ‘खरानी समूह’ भन्दै पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई समेत दिएका छन् ।

बाँस्कोटाले माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उनीहरूको छलाङकारी यात्रामा आजबाट उप्रान्त कसैले अवरोध नगरोस् भन्दै शुभकामना समेत दिएका छन्।

व्यंग्यात्मक शैलीमा नेता बाँस्कोटाले भनेका छन्, ‘विधि, पद्दति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई। माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्,अग्रिम शुभकामना !’

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ५ : २४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना