दुई राउटे युवतीलाई मुखियाले ४ महिना नजरबन्द राखेको खुलासा « Khabarhub

दुई राउटे युवतीलाई मुखियाले ४ महिना नजरबन्द राखेको खुलासा


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राउटे दुई युवतीलाई मदिरा सेवन गराई यौन दुव्र्यवहार गरिएको घटनाको यति बेला सर्वत्र विरोध भइरहेको छ । साथै उनीहरुमाथि यौन दुव्र्यवहार गर्ने युवाले बनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै विभिन्न निकायहरुको ध्यानाकर्षण गराएको छ ।

राउटे समुदायमा आफ्नो जाति भन्दा बाहिरकासँग गरिएको विवाह सम्बन्धलाई स्वीकार गरिँदैन । उनीहरुको आफ्नै संस्कार तथा नियम रहेको हुन्छ ।

देशको कानुन समेत नमान्ने राउटेहरुले आफूलाई जंगलको राजा मान्ने गर्छन् । त्यसै कारण आफ्नो छुट्टै नियममा चल्ने राउटेहरुले आफ्नै समुदायका महिला तथा पुरुषसँग मात्रै वैवाहिक सम्बन्ध गाँस्न पाउँछन् । समुदाय भन्दा बाहिरका महिला तथा पुरुषसँग शारीरिक सम्बन्ध भए उनीहरुको ज्यानै जोखिममा हुने गर्दछ ।

त्यसैका कारण दुई राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारको घटनाले उनीहरुको ज्यान आफ्नै समुदायबाट जोखिम रहेको बताइन्छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत यस घटनाका कारण ती युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको जनाएको छ ।
यस्ता घटनामा संलग्न भएको आरोपमा यसअघि राउटेहरुले आफ्नै समुदायका केहीको हत्या गरेको समेत जानकारीमा आएको छ ।

यस्तै, ती युवतीहरुलाई यसअघि पनि राउटे मुखियाले चार महिना नजरबन्दमा जस्तै गरी बन्दी बनाइएको पाइएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले चार महिना नजरबन्दमा राखेको जानकारी प्राप्त भएको उल्लेख छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा पीडित युवतीहरुको गोपनीयता संरक्षण, स्वास्थ्य परीक्षण, भौतिक सुरक्षा र अधिकार प्राप्तिमा आवश्यक पहल र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रहसमेत गरिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ७ : ३० बजे

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको