दुई राउटे युवतीलाई मुखियाले ४ महिना नजरबन्द राखेको खुलासा | Khabarhub Khabarhub

दुई राउटे युवतीलाई मुखियाले ४ महिना नजरबन्द राखेको खुलासा


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राउटे दुई युवतीलाई मदिरा सेवन गराई यौन दुव्र्यवहार गरिएको घटनाको यति बेला सर्वत्र विरोध भइरहेको छ । साथै उनीहरुमाथि यौन दुव्र्यवहार गर्ने युवाले बनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै विभिन्न निकायहरुको ध्यानाकर्षण गराएको छ ।

राउटे समुदायमा आफ्नो जाति भन्दा बाहिरकासँग गरिएको विवाह सम्बन्धलाई स्वीकार गरिँदैन । उनीहरुको आफ्नै संस्कार तथा नियम रहेको हुन्छ ।

देशको कानुन समेत नमान्ने राउटेहरुले आफूलाई जंगलको राजा मान्ने गर्छन् । त्यसै कारण आफ्नो छुट्टै नियममा चल्ने राउटेहरुले आफ्नै समुदायका महिला तथा पुरुषसँग मात्रै वैवाहिक सम्बन्ध गाँस्न पाउँछन् । समुदाय भन्दा बाहिरका महिला तथा पुरुषसँग शारीरिक सम्बन्ध भए उनीहरुको ज्यानै जोखिममा हुने गर्दछ ।

त्यसैका कारण दुई राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारको घटनाले उनीहरुको ज्यान आफ्नै समुदायबाट जोखिम रहेको बताइन्छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत यस घटनाका कारण ती युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने अनुगमनबाट पाइएको जनाएको छ ।
यस्ता घटनामा संलग्न भएको आरोपमा यसअघि राउटेहरुले आफ्नै समुदायका केहीको हत्या गरेको समेत जानकारीमा आएको छ ।

यस्तै, ती युवतीहरुलाई यसअघि पनि राउटे मुखियाले चार महिना नजरबन्दमा जस्तै गरी बन्दी बनाइएको पाइएको छ । आयोगले जारी गरेको विज्ञप्तिमा दुई युवतीलाई यसअघि पनि राउटे मुखियाले चार महिना नजरबन्दमा राखेको जानकारी प्राप्त भएको उल्लेख छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा पीडित युवतीहरुको गोपनीयता संरक्षण, स्वास्थ्य परीक्षण, भौतिक सुरक्षा र अधिकार प्राप्तिमा आवश्यक पहल र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रहसमेत गरिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ७ : ३० बजे

पर्यटकका लागि सहज गन्तव्य बन्दै ‘चखेवा भञ्ज्याङ’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको ‘चखेवा भञ्ज्याङ’ पर्यटकका लागि सहज

कृषिसहित तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग तेल खरिद गरे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनियम दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

जलवाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल