सुदूरपश्चिममा ओली र नेपाल पक्ष उत्रिए एकअर्काविरुद्ध कारबाहीमा | Khabarhub Khabarhub

सुदूरपश्चिममा ओली र नेपाल पक्ष उत्रिए एकअर्काविरुद्ध कारबाहीमा


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने र नदिने नेकपा एमालेका दुवै पक्ष एकअर्काविरुद्ध कारबाहीमा उत्रिएका छन् ।

नेता माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका सात जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन भएको भन्दै प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली पक्षका सात जना सांसदलाई स्पष्टीकरण सोधेका हुन् । प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो ।

उनीहरुलाई भोलि २६ गते ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिनु भनिएको छ । स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नआए दलको विधान अनुसार कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

तर, एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले भने पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् ।

पार्टीको निर्देशन उल्लंघन गर्ने प्रदेश सांसदलाई कारबाही गर्न तयारी अगाडि बढाइएको उनले बताए ।

यसअघि, अध्यक्ष ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।

मंगलबार मुख्यमन्त्री भट्टलाई एमालेको नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यले विश्वासको मतको पक्षमा मतदान गरेका थिए । ओली पक्षका सात जनाले मात्रै विपक्षमा मतदान गरेका थिए ।

नेपाल पक्षका प्रदेश सांसदले समर्थन गरेसँगै मुख्यमन्त्री भट्टको पद जोगिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ७ : १३ बजे

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार