साधुमाथि हातपात गरेको आरोपमा एक पक्राउ, एक जना फरार « Khabarhub

साधुमाथि हातपात गरेको आरोपमा एक पक्राउ, एक जना फरार


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपति क्षेत्रमा साधुमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सोमबार पशुपतिमा रहेका साधुलाई हातपात र गाली गलोज गरेको आरोपमा महान नेपाल नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतका अनुसार पशुपति क्षेत्र विकास कोषको पत्र प्राप्त भएपछि नेपाललाई पक्राउ गरिएको हो ।

उनका अनुसार घटनामा संलग्न बिजय घिमिरे नामक व्यक्ति भने फरार छन् ।

पशुपति क्षेत्रको हंशमण्डपमा बसिरहेका साधुमाथि हातपात गरिएको भिडियो सामाजिक सञ्जालमा सर्वजनिक भएपछि पशुपति क्षेत्र विकास कोषले महानगरीय प्रहरी वृत्त गौशालालाई कारवाही गर्न पत्र लेखेको थियो ।

कोषको पत्र प्राप्त हुनासाथ प्रहरीले पशुपति क्षेत्रकै भण्डारखालबाट नेपाललाई नियन्त्रणमा लिएको जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषको पत्र 

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ६ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना