भाइरल हात्तीको तस्वीरको यथार्थ : हिँड्दाहिँड्दै जंगलमै सुस्ताए (फोटो फिचर र भिडियो) « Khabarhub

भाइरल हात्तीको तस्वीरको यथार्थ : हिँड्दाहिँड्दै जंगलमै सुस्ताए (फोटो फिचर र भिडियो)


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा बासस्थान छाडेर १५ महिनादेखि लगातार यात्रारत हात्तीको बथानको चर्चा विश्वभर चुलिएको छ । बासस्थान छाडेर गन्तव्यविहीन यात्रा गरिरहेका उनीहरू कहाँ जान हिँडेका हुन् ? त्यो कसैलाई थाहा छैन । तर आफ्नो बासस्थान छाडेर १७ वटा हात्ती यात्रामा निस्किएका छन् । ती मध्ये २ वटा हात्ती पहिला आएको जंगलतिर फर्किएका छन् भने बाकीँ १५ हात्ती गन्तब्यविहीन हिँडिरहेका छन् ।

ती हात्तीहरूको तस्वीर चर्चामा आउनुको कारण भनेको लामो यात्राका क्रममा थकाई लागेर जंगलमा सुस्ताउनु हो । अहिलेसम्म ५ सय किलोमिटर हिँडिसकेका ती हात्तीहरू थकाई लागेपछि जंगल बिचमा सुतेका थिए । एकअर्काको नजिक रहेर जंगलमा सुतिरहेको अवस्थामा उनीहरूलाई निगरानी गिररहेका चिनियाँ अधिकारीहरूले तस्वीर खिचेको थियो । सोही तस्वीर सार्वजनिक भएसँगै अहिले विश्वभर भाइरल बनेको छ ।

हात्तीको निगरानीका लागि चीनले पाँच सय मानिस खटाएको छ भने हात्तीको २४ घन्टा निगरानीका लागि १४ वटा ड्रोन, ट्रक र ७६ प्रहरी गाडी प्रयोग गरिएको छ । यतिमात्र होइन, हात्तीलाई खुवाउन १८ टन खाना समेत बनाइएको छ ।

फोरेस्ट्री र ग्रासल्यान्डको प्रान्तीय ब्युरोले मंगलबार कुनमिङबाट २० किलोमिटर पर रहेको युक्सी शहरमा हात्तीको बथान पुगेको बताएको छ । चीनको युनानको सिसुवाङबन्ना स्वशासित क्षेत्रस्थित जंगल छाडेर निस्किएका ती हात्तीलाई शहरमा पस्न नदिन विभिन्न उपाय लगाएका छन् । हात्ती हिँड्न लागेको बाटोलाई बन्द गरेर मानिसलाई रोकिएको छ भने बस्तीमा पस्न नदिन ठूला गाडी, पर्खालले छेकिएको छ ।

बिबिसीका अनुसार अहिलेसम्म हात्तीको यो बथानले मानवीय क्षति गरेको छैन । तर ५६ हेक्टर जमिनमा गरिएको खेतीमा क्षति पुर्‍याएको छ । एसियाली हात्तीहरू बसाइ सर्नु सामान्य हो तर यो केही सीमित क्षेत्र भित्र मात्रै हुने गर्छ । तर यसरी यति लामो दूरीको यात्रा गर्नु एकदमै दुर्लभ हो ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ७ : ४५ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री