होण्डाको सीबी-३५० डीएलएक्स बाइक नेपाली बजार, मूल्य कति ? « Khabarhub

होण्डाको सीबी-३५० डीएलएक्स बाइक नेपाली बजार, मूल्य कति ?


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डाको CB 350 DLX मोटरसाइकल नेपाली बजारमा ल्याएको छ।

स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. का अध्यक्ष सौरभ ज्योतिद्वारा युटुबमा प्रिमियर गरिएको एक भिडियोमार्फत बाइकलाई नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

नेपालमा होण्डाको CB मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस CB 350 DLX ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल  हुने होण्डा विश्वास लिएको छ ।

रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ ।

मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।

रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित led हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् ।

नेपाली बजारमा यस बाइकको मूल्य रु.७ लाख ५० हजार तोकिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : ०० बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको