दर्शकमाझ आमासँग आउदै सारा « Khabarhub

दर्शकमाझ आमासँग आउदै सारा


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– अभिनेत्री सारा अली खान फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गर्दाको समयदेखि नै दर्शकहरु कुनै फिल्ममा पिता सैफ अली खान वा आमा अमृता सिंहसँग अभिनय गरेको हेर्न चाहन्थे ।

निकै लामो समयको प्रतिक्षापछि दर्शकको चाहना पुरा हुँदैछ । सारा आमा अमृतासँग चाँडै नै दर्शकमाझ स्क्रिन शेयर गर्दैछिन् । तर यो कुनै फिल्मका लागि नभई केवल एक विज्ञापनका लागि मात्र हो ।

साराले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एक तस्वीर शेयर गरिन् । जुन तस्वीरमा उनी आमासँग देखिएकी छन् । समाचारअनुसार यो तस्वीर सोही विज्ञापनको सुटिङमा खिचिएको हो ।

तस्वीरमा अमृतालाई निलो रंगको सलवार सुटमा देख्न सकिन्छ भने साराले सेतो रंगको अफ शोल्डर पहिरन लगाएकी छन् ।

हालै एक अन्तरवार्तामा साराले आमासँग काम गर्ने इच्छा व्यक्त गरेकी थिइन् । साराले पिता सैफसँग काम गर्नु आमाका लागि खराब हुनसक्ने भएकाले आमासँग नै पहिलो सहकार्य गर्ने खुलाएकी थिइन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी