दर्शकमाझ आमासँग आउदै सारा « Khabarhub

दर्शकमाझ आमासँग आउदै सारा


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– अभिनेत्री सारा अली खान फिल्म ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गर्दाको समयदेखि नै दर्शकहरु कुनै फिल्ममा पिता सैफ अली खान वा आमा अमृता सिंहसँग अभिनय गरेको हेर्न चाहन्थे ।

निकै लामो समयको प्रतिक्षापछि दर्शकको चाहना पुरा हुँदैछ । सारा आमा अमृतासँग चाँडै नै दर्शकमाझ स्क्रिन शेयर गर्दैछिन् । तर यो कुनै फिल्मका लागि नभई केवल एक विज्ञापनका लागि मात्र हो ।

साराले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एक तस्वीर शेयर गरिन् । जुन तस्वीरमा उनी आमासँग देखिएकी छन् । समाचारअनुसार यो तस्वीर सोही विज्ञापनको सुटिङमा खिचिएको हो ।

तस्वीरमा अमृतालाई निलो रंगको सलवार सुटमा देख्न सकिन्छ भने साराले सेतो रंगको अफ शोल्डर पहिरन लगाएकी छन् ।

हालै एक अन्तरवार्तामा साराले आमासँग काम गर्ने इच्छा व्यक्त गरेकी थिइन् । साराले पिता सैफसँग काम गर्नु आमाका लागि खराब हुनसक्ने भएकाले आमासँग नै पहिलो सहकार्य गर्ने खुलाएकी थिइन् ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : ३० बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७