चोरीको आरोपमा तीनजना पक्राउ « Khabarhub

चोरीको आरोपमा तीनजना पक्राउ


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– पसलको ताला फुटाई चोरी गर्ने सप्तरीका तीन आरोपितलाई प्रहरीले आज पक्राउ गरेको छ । पसलमा जडित सीसी क्यामेराको फुटेजसमेतको आधारमा सप्तरीको विष्णुपुर गाउँपालिका–५ का महेशकुमार यादव, वडा नम्बर–१ का २१ वर्षीय रामदास यादव र राजविराज नगरपालिका–६ का १९ वर्षीय सुभाष यादव पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ ।

सीसी क्यामेराबाट महेशको पहिचान भएपछि उनलाई घरबाटै पक्राउ गरी सोधपुछ गर्दा रामदास र सुभाष समेत चोरीमा संलग्न रहेको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

गत आइतबार राजविराज–४ स्थित बजारमा रहेको राधेश्यामकुमार साहको मोवाइल पसलबाट मोबाइलहरु चोरी भएको थियो । बजारका दिलिप यादवको घरमा पसलसटर भाँडामा लिई साहले सञ्चालन गरेको मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल चोरी गरेको आरोपितहरुले स्विकारेको प्रहरीले जनाएको छ ।

सुभाषको घर खानतलासी गर्दा चोरीका १० थान मोबाइल समेत फेला परेको प्रनाउ काफ्लेले बताए । प्रहरीका अनुसार रामदासले चलाउने सिटी रिक्सामा चढेर गएका उनीहरुले पसलको सटरको ताला फुटाई मोबाइलहरु चोरी गरेका थिए । सोही सिटी रिक्सामा राखेर ल्याएको मोबाइल सुभाषको कोठामा रहेको खाट मुनी लुकाएर राखेका थिए ।

प्रहरीले मोबाइलहरुसहित चोरीमा प्रयोग भएको सिटी रिक्सा समेत बरामद गरेको छ । चोरी मुद्दा कसुरमा उजुरी दर्ता गरी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  १० : ४५ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा