बहराइनमा कागजातविहीन नेपालीलाई पनि खोप लगाउन अनुरोध « Khabarhub

बहराइनमा कागजातविहीन नेपालीलाई पनि खोप लगाउन अनुरोध


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– बहराइनमा कागजातविहीन भई गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुले पनि कोरोनाबिरुद्धको खोप लगाउन पाउने भएका छन् ।

त्यहाँस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै बहराइनमा कागजातविहीन भएर गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुलाई तत्काल कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेका हुन् ।

नेपालबाट बहराइन प्रवेश गर्ने हरेक नेपालीहरुको अभिलेख बहराइनको अध्यागमनसँग हुन्छ, जसमध्ये कतिले भिसा नवीकरण गराए, कति नेपाल फर्किएको भए पनि केही श्रमिक कागजातविहीन भएर काम गरिरहेका छन् भन्ने जानकारी बहराइन सरकारसँग रहेको भन्दै तत्काल खोप लगाउन दूतावासले भनेको छ ।

केही समय अघिमात्र दूतावासले कागजातविहीन भएर काम गरिरहेका नेपालीहरुको स्वाथ्यलाई मध्यनजर त्यहाँका ३ विभिन्न ठाउँबाट चाँडै खोप उपलब्ध हुने बताउँदै खोप लगाउनका लागि अनलाइनमा नाम दर्ता गर्न अनुरोध गरेको थियो ।

तर, न्यून व्यक्तिहरुले मात्र खोप लगाउन अनलाइन फारम भरेको भन्दै स्वास्थ्य सुरक्षाका लागि कोही पनि नेपाली खोप लगाउनबाट बन्चित नहोस् भनेर पुन: सूचना जारी गरेको दूतावासले जनाएको छ ।

अहिले दूतावासले पुनः अनलाइन फारम भरी खोप लगाउन अनुरोध गरेको हो ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सबैलाई आफ्नै नागरिक सरह व्यवहार गरेकोमा बहराइन सरकारलाई धन्यवाद दिँदै त्यहाँ रहेका सबै नेपालीलाई ढुक्क भएर खोप लगाउन पटक-पटक आग्रह गर्दै आएका छन् ।

बहराइन सरकारले आफ्ना नागरिक सरह नै नेपाली लगायत सबै आप्रवासीलाई खोप उपलब्ध गराइरहेको छ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १० : ५० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका