बहराइनमा कागजातविहीन नेपालीलाई पनि खोप लगाउन अनुरोध « Khabarhub

बहराइनमा कागजातविहीन नेपालीलाई पनि खोप लगाउन अनुरोध


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– बहराइनमा कागजातविहीन भई गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुले पनि कोरोनाबिरुद्धको खोप लगाउन पाउने भएका छन् ।

त्यहाँस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै बहराइनमा कागजातविहीन भएर गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुलाई तत्काल कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेका हुन् ।

नेपालबाट बहराइन प्रवेश गर्ने हरेक नेपालीहरुको अभिलेख बहराइनको अध्यागमनसँग हुन्छ, जसमध्ये कतिले भिसा नवीकरण गराए, कति नेपाल फर्किएको भए पनि केही श्रमिक कागजातविहीन भएर काम गरिरहेका छन् भन्ने जानकारी बहराइन सरकारसँग रहेको भन्दै तत्काल खोप लगाउन दूतावासले भनेको छ ।

केही समय अघिमात्र दूतावासले कागजातविहीन भएर काम गरिरहेका नेपालीहरुको स्वाथ्यलाई मध्यनजर त्यहाँका ३ विभिन्न ठाउँबाट चाँडै खोप उपलब्ध हुने बताउँदै खोप लगाउनका लागि अनलाइनमा नाम दर्ता गर्न अनुरोध गरेको थियो ।

तर, न्यून व्यक्तिहरुले मात्र खोप लगाउन अनलाइन फारम भरेको भन्दै स्वास्थ्य सुरक्षाका लागि कोही पनि नेपाली खोप लगाउनबाट बन्चित नहोस् भनेर पुन: सूचना जारी गरेको दूतावासले जनाएको छ ।

अहिले दूतावासले पुनः अनलाइन फारम भरी खोप लगाउन अनुरोध गरेको हो ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सबैलाई आफ्नै नागरिक सरह व्यवहार गरेकोमा बहराइन सरकारलाई धन्यवाद दिँदै त्यहाँ रहेका सबै नेपालीलाई ढुक्क भएर खोप लगाउन पटक-पटक आग्रह गर्दै आएका छन् ।

बहराइन सरकारले आफ्ना नागरिक सरह नै नेपाली लगायत सबै आप्रवासीलाई खोप उपलब्ध गराइरहेको छ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १० : ५० बजे

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु