पाल्पामा पहिरोले पाँच घर पुरिए, एकको मृत्यु, ४ वर्षीय बालक बेपत्ता « Khabarhub

पाल्पामा पहिरोले पाँच घर पुरिए, एकको मृत्यु, ४ वर्षीय बालक बेपत्ता


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लगातारको वर्षासँगै पहिरो जाँदा पाल्पामा एक जनाको मृत्यु भएको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. ५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको छ ।

पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर पुरिँदा सोही ठाउँका पूजा परियारको ४ वर्षीय छोरा बेपत्ता भएका छन् ।

पहिरोले हिउँदे खोला क्षेत्रका नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको प्रहरीले जनाएको छ ।  अहिले नेपाल प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेका छन्।

बुटवल-पाल्पा सडक अवरुद्ध

पहिरोका कारण पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । गएरातिदेखि परेको भारी वर्षाका कारण सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो ।

सिद्धबाबा, झुम्सा, पानी मिल, हिउदे खोला, कालीमाटी क्षेत्र, लामेदमारमा पहिरो खसी सडक अवरुद्ध भएको पाल्पा प्रहरीले जनाएको छ ।

वर्षा भइरहेको माथिबाट पहिरो खस्ने क्रम नरोकिएको हुँदा बाटो खुलाउन समय लाग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी ईन्सपेक्टर ज्ञानु पाण्डेले बताए । उनले स्काभेटर बोलाएर पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १० : १२ बजे

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन