जूहीलाई अदालतले दियो एक साताको अल्टिमेटम « Khabarhub

जूहीलाई अदालतले दियो एक साताको अल्टिमेटम


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)–दिल्ली उच्च अदालतले अभिनेत्री जूही चावलालाई २० लाख रुपैंयाँ जरिवाना तिर्नका लागि एक हप्ताको अल्टिमेटम दिएको छ । जूहीमाथि फाइभ जी वायरलेस नेटवर्क टेक्नोलोजीकाविरुद्ध उजुरी दर्ता गराउन कानूनको गलत प्रयोग गरेको भन्दै अदालतले जरिवाना तोकेको थियो ।

न्यायधिश जेआर मिधाले अदालत जूहीको व्यवहार देखेर चकित भएको र गरिमापूर्वक जरिवाना भर्नका लागि पनि उजुरीकर्ता तयार नभएको बताएका छन् ।

अदालतले अभिनेत्रीले अदालतको पैसा फिर्ता गर्ने सम्बन्धी तीन उजुरीमा सुनुवाई गरिरहँदा जूहीको वकिलले माफीको उजुरी फिर्ता लिएर एक हप्ता या दश दिनसम्ममा पैसा जम्मा गरिदिने जनाएका थिए ।

गत जूनमा उच्च अदालतले फाइभजी वायरलेस नेटवर्क सेटअपविरुद्ध परेको जूहीको उजुरीलाई खारेज गरिदिएको थियो र २० लाख रुपैयाँ जरिवाना तिर्न भनेको थियो ।
अदालतले उजुरीलाई दोषपूर्ण, कानूनको दुरुपयोग र प्रचारप्रसारको प्रयास भनेको थियो ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १२ : ४५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय