कुवेतको तापक्रम ५३.३ डिग्री पुग्यो, पृथ्वीकै अत्यधिक गर्मीको रेकर्ड | Khabarhub Khabarhub

कुवेतको तापक्रम ५३.३ डिग्री पुग्यो, पृथ्वीकै अत्यधिक गर्मीको रेकर्ड


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कुवेतको उत्तरी शहर अल–जहराको तापक्रम ५३.५ डिग्री सेल्सियस पुगेको छ । गत आइतबार मापन गरिएको यो तापक्रमले कुवेत विश्वकै सबैभन्दा बढी गर्मी हुने स्थानमा दरिएको छ ।

बढ्दो तापक्रमले गर्दा दैनिक जनजीवन प्रभावित भएको छ भने त्यहाँका रेष्टुरेन्ट तथा बजारहरु बन्द गरिएका छन् । बाटोमा पैदल यात्रीको संख्या पनि शून्यमा झरेको छ । गत साता कुवेतको अधिकतम तापक्रम ५० डिग्री मापन गरिएको थियो ।

एक निर्माण कम्पनीका मालिक मोन्सुर अल–ओतइबीले अत्यधिक गर्मीका कारण आफ्नो कम्पनीमा कार्यरत मजदुरहरुले काम गर्न नसकेको बताए । बढी तातोले कम्पनीमा फलामजन्य सामानहरुको ओसारपसारमा समस्या परेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तापमापक यन्त्रमा छाँयामा ५३ डिग्री र घाम लागेको समयमा ७० डिग्री तापक्रम देखाएको छ ।

कुवेतको छिमेकी मुलुक इराक र इरानको तापक्रम ५१ डिग्री छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  २ : १५ बजे

कर्णालीविरुद्ध चितवनको जवाफी ब्याटिङ (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका बलरहरुले

अभिनेत्री साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट 

काठमाडौं– नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छिन् ।

कर्णाली सरकारले तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले तुइन पूर्ण रुपमा मुक्त गर्ने योजनालाई

दीपक पनि आउट भएपछि दबाबमा चितवन, गुमायो तीन विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

काठमाडौं–  सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई-मधेसमा सम्भावित