२३ अंकले बढ्यो नेप्से, ४ अर्ब ८१ करोडको कारोबार « Khabarhub

२३ अंकले बढ्यो नेप्से, ४ अर्ब ८१ करोडको कारोबार


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधवार शेयर बजार नेप्से परिसूचक २३ दशमलव ९७ अंकले बढेर २ हजार ८२५ दशमलव ११ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा २ सय २३ वटा कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिस्टलरीको १७ करोड ४६ लाख, एनआइसी एशिया बैंकको १६ करोड ७९ लाख, निफ्राको १३ करोड ९९ लाख र अपर तामाकोशीको १२ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, जोशी हाइड्रोपावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ४ : १५ बजे

काठमाडौँ-७ मा रास्वपाका पराजुलीको सुरुवाती अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१० को प्रारम्भिक नतिजामा रास्वपाका प्रदीप विष्टको फराकिलो अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० को मतगणना कार्य जारी

काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो

बरहथवा (सर्लाही)- सर्लाही जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ

बाँके–२ को मतगणना सुरु

खजुरा, (बाँके)- बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु