भासिएको राजमार्ग र जलमग्न कावासोती (फोटोफिचर) « Khabarhub

भासिएको राजमार्ग र जलमग्न कावासोती (फोटोफिचर)



कावासोती– पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्डमा बाढीले राजमार्गको सडक भत्काएपछि बाटो अवरुद्ध भएको छ ।

नवलपुरको कावासोतीस्थित फलफूल चोक नजिक जंगलमा बाढीले राजमार्ग भित्रबाटै खोलेर सडक भासिएको हो । बाढीले कालोपत्रे बाहेक सडकभित्र रहेको ह्यूमपाइप बगाएर खोलेको छ ।

सडक भासिएपछि जोखिम अवस्थामा रहेको राजमार्गमा विहानैदेखि गाडी चल्न रोक लगाइएको छ ।

लगातारको वर्षाले गर्दा बाटो मर्मतको काम गर्न समेत समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

कावासोती बजार जलमग्न

लगातारको वर्षाले नवलपुरको सदरमुकामस्थित कावासोती नगरपापिलकाको मुख्य बजार क्षेत्र जलमग्न भएको छ ।

नगरपालिकामा पानीको निकास ब्यवस्थित नहुँदा राजमार्ग आसपासका बजार क्षेत्र जलमग्न भएको छ ।

मुख्य बजार क्षेत्र डुबानमा परेपछि घरभित्रका सामानहरु सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ ।

दलदले बजारमै बाढी

नवलपरासीपूर्व देवचुली नगरपालिका १० दलदलले बजार पनि डुबानमा परेको छ ।

बहुला खोलाको बाढी दलदले बजार क्षेत्रमा पसेपछि राजमार्ग भएर खोला बगेको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ४ : २५ बजे

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत