सलमानसहित आठविरुद्ध प्रहरीमा उजुरी « Khabarhub

सलमानसहित आठविरुद्ध प्रहरीमा उजुरी


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता सलमान खान, उनकी बहिनी अलवीरा खान र उनको कम्पनी बिइङ ह्युमनसहित आठविरुद्ध चण्डीगढका एक व्यापारीले उजुरी दिएका छन् ।

ती व्यापारीले बिइङ ह्युमनको शोरुम खोलेपछि कम्पनीले दिल्लीबाट सामान नपठाएको र कम्पनीको साइट पनि बन्द गरेको उल्लेख गरेका छन् ।
प्रहरी अधिकारीले सलमान, अलवीराका अलावा कम्पनीका सिइओ प्रसाद कपारे र अन्य अधिकारीहरु सन्तोष श्रीवास्तव, सन्ध्या, अनूप, सञ्जय रंगा, मानव र आलोकलाई पत्र पठाएका छन् ।

उजुरीकर्ता व्यापारी अरुण गुप्ताले सलमानको भनाई अनुसार आफूले मनीमाजराको एनएसी एरियामा करिब ३ करोडको लागतमा बिइङ ह्युमन ज्वेलरी सोरुम सुरु गरेको उल्लेख गरेका छन् । उनले शोरुम सुरु गर्नका लागि स्टाइल क्विन्टेट ज्वेलरीसँग सम्झौता गरे पनि शोरुम खुलेपछि कसैले सहयोग नगरेको उल्लेख गरेका छन् ।

बिइङ ह्युमनको जुन ज्वेलरी स्टोर अरुणलाई दिने भनिएको थियो, त्यो अहिले बन्द छ । जसकारण उनले सामान पनि पाएका छैनन् ।

व्यापारीको उजुरी परेपछि प्रहरीले सबैलाई १० दिनभित्र जवाफ दिन भनेको छ । अरुणका अनुसार सलमानले उनलाई ‘बिग बोस’को सेटमा बोलाएर कम्पनी खोल्नका लागि आफूले सहयोग गर्ने आश्वासन दिएका थिए । अरुणले सलमानले शोरुमको उद्घाटन गरिदिने बताएको समेत दाबी गरे ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ५ : ०० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय