पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध « Khabarhub

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– अविरल वर्षासँगै आएको पहिराका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–४ गौतमडाँडास्थित सडकभन्दा माथिबाट आएको पहिराका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा सडकखण्ड आज दिउँसो सवा दुई बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

पूर्णरुपमा अवरुद्ध रहेको सडक खुलाउनका लागि सडक विभाग र पुतलीबजार नगरपालिकाकासँग समन्वय भइरहेको प्रवक्ता अधिकारीले बताए । सडक अवरुद्ध भएसँगै स्याङ्जादेखि पोखरा तथा पोखरादेखि स्याङ्जातर्फ आउने सवारी साधन बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ६ : १३ बजे

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा

प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले संसद् भवनमा जेन-जी आन्दोलनका सहिदहरुको सालिक

योगेश भन्छन् : अहिले च्याउसरी उम्रिएका पार्टीहरूको बिउ कहाँको भन्ने शंका छ

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले मनोनयन