भारतमा मन्त्रिमण्डल पुनर्गठन : प्रतिनिधित्व विस्तार र सुशासन अभिवृद्धि मुख्य उद्देश्य | Khabarhub Khabarhub

भारतमा मन्त्रिमण्डल पुनर्गठन : प्रतिनिधित्व विस्तार र सुशासन अभिवृद्धि मुख्य उद्देश्य


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनर्गठन र विस्तार गरेर आफ्नो कार्यकालमा सबैभन्दा ठूलो मन्त्रिमण्डल बनाएका छन् । मौजुदा ५२ सदस्यीय मन्त्रिमण्डलमा प्रधानमन्त्री सहित ७८ जनाको भएको छ ।

पुनर्गठित मन्त्रिमण्डलमा ४३ जनाले शपथ ग्रहण गरेका छन् । यीमध्ये ३६ जना नयाँ र ७ जना बढुवामा परेका हुन् ।

दोस्रो लहरको कोभिड–१९ नियन्त्रणमा सरकार असफल भएको भनेर चर्को आलोचना भइरहेको समयमा मोदीले मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका हुन् ।

प्रधानमन्त्री बाहेक क्याबिनेट मन्त्री ३० जना, मन्त्रालयको स्वतन्त्र जिम्मेवारीसहित राज्यमन्त्री २ जना र राज्यमन्त्री ४५ जना छन् । मन्त्रिमण्डल पुनर्गठन हुनुअघि स्वास्थ्यमन्त्री हर्ष वद्र्धनसहित १२ जना क्याबिनेट मन्त्रीले राजीनामा गरेका थिए ।

उनीहरूले प्रधानमन्त्री र नयाँ आउने मन्त्रीहरूको सजिलोका लागि राजीनामा गरेको जनाएका थिए ।

कोभिड–१९ नियन्त्रणका विषयमा स्वास्थ्यमन्त्री हर्ष वर्द्धन खोप व्यवस्थापन गर्न नसकेको भनेर आलोचनाको तारो भएका थिए ।

राजीनामा गरेर बाहिरिनेमा आइटी मन्त्री रवि शंकर प्रसाद पनि थिए । उनी नयाँ आइटी कानूनमा विवादमा परेका थिए । सामाजिक सञ्जालहरूमा भारत सरकार र मन्त्री रवि शंकरको चर्को अलोचना भएको थिए ।

हर्ष वर्द्धन र रवि शंकर मोदी मन्त्रिपरिषदमा महत्वपूर्ण मन्त्री मानिएका थिए ।

बुधबार शपथ लिनेहरूमध्ये गत वर्ष भारतीय जनता पार्टीमा प्रवेश गरेका ज्योतिरादित्य सिन्धिया, असमका पूर्वमुख्यमन्त्री सर्वनानन्द सोनोवाल र कंग्रेसका पूर्वनेता नारायन राने पनि छन् ।

प्रधानमन्त्री मोदीले आफ्नो मन्त्रिमण्डलमा महिलामन्त्रीको संख्या बढाएर ७ जना नयाँ सहित ११ पुर्‍याएका छन् । यसअघि ४ जना मात्र थिए ।

यीमध्ये अनुप्रिया पटेल एक जना हुन् जो मोदीको पहिलो कार्यकालमा पनि मन्त्री थिइन् । उनी उत्तर प्रदेश–आधारित अपना दल (सोनेलाल) की नेता हुन् । अपना दल भारतीय जनता पार्टीकै भगिनी दल मानिन्छ । महिलामन्त्रीमध्ये २ जना क्याबिनेट मन्त्री र ९ जना राज्यमन्त्री छन् ।

मन्त्रिपरिषदमा उत्तर प्रदेशका ६ जना परेका छन् । उत्तर प्रदेशमा आगामी वर्ष निर्वाचन हुँदैछ जो मोदीका लागि अत्यन्त महत्वपूर्ण हुनेछ ।

मोदीले मन्त्रिमण्डल पुनर्गठनमा उत्तर प्रदेशलाई केन्द्रमा राखेको टिप्पणी सञ्चार माध्यमहरूले गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार मोदीले जातजातिहरूको प्रतिनिधित्व विस्तार गर्ने, कार्यसम्पादनमा कमजोर देखिएलाई हटाउने र सुशासन अभिवृद्धि गर्ने मुख्य उद्देश्यले मन्त्रिमण्डल पुनर्गठन र विस्तार गरेका हुन् । मन्त्रिमण्डलमा पिछडिएका जातिका २७ जना, सूचीकृत जातिका १२ जना र सूचीकृत जनजातिका ८ जना समावेश भएका छन् ।

भारतीय सञ्चार माध्यमहरूले पुनर्गठित र विस्तारित मन्त्रिमण्डल अधिकतर समावेशी भएको भन्ने टिप्पणी गरेका छन् । मन्त्रिमण्डलमा भारतको इन्द्रेणी प्रतिविम्बित भएको उनीहरूको टिप्पणी छ ।

महिलाको संख्या बढाए पनि क्याबिनेट मन्त्रीमा २ जनामात्रै परेकोमा भने भारतीय भारतीय सञ्चार माध्यमहरूले आलोचना गरेका छन् । मोदीको पहिलो कार्यकालमा क्याबिनेटमा ६ जना महिला थिए ।

मोदीले पुनर्गठित मन्त्रिमण्डलमा युवा र विज्ञलाई प्राथमिकता दिएका छन् । मन्त्रिमण्डल पुनर्गठन र विस्तारपछि प्रधानमन्त्री मोदीले नयाँ मन्त्रीहरूसँग काम शुरू गरेका छन् । सबै मन्त्रीहरूले आआफ्नो जिम्मेवारी सम्हालेका छन् ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  ६ : ४३ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको