अफगानिस्तानको अर्को प्रान्तीय राजधानी ‘शबरगान’ पनि तालिबानको नियन्त्रणमा « Khabarhub

अफगानिस्तानको अर्को प्रान्तीय राजधानी ‘शबरगान’ पनि तालिबानको नियन्त्रणमा


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको दोस्रो प्रान्तीय राजधानी शबरगान शहर पनि तालिबानले नियन्त्रणमा लिएको छ ।

शबरगान उत्तरी क्षेत्रको राज्य जोजनको राजधानी पनि हो ।  अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकुलाई हटाउने दाबी गरेका छन् ।

यसअघि तालिबानले गत शुक्रबार अर्को प्रान्तीय राजधानी ‘जाराञ्ज’ नियन्त्रणमा लिएको थियो । ​

तालिबान लडाकुले अफगानिस्तानका अन्य शहरी क्षेत्र पनि नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् ।

यसक्रममा अफगान सरकारी सुरक्षा फौज र तालिबानबीच एक सातादेखि भिडन्त जारी रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : २५ बजे

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी