भेटाएको सामान फिर्ता नगर्नेलाई कतारमा ६ महिना जेल ! « Khabarhub

भेटाएको सामान फिर्ता नगर्नेलाई कतारमा ६ महिना जेल !



दोहा- नेपाली कामदारको प्रमुख गन्तब्य रहेको कतारमा हराएको सामान भेटाउनेले फिर्ता नगरे कम्तीमा ६ महिना जेल सजाय हुने भएको छ ।

कतारको आन्तरिक मन्त्रालयले अरूले हराएका मोबाइल, नगद, सुन, चाँदीलगायतका बहुमूल्य र महत्वपूर्ण सामग्रीहरू भेटाउनेले ७ दिनभित्र सम्बन्धित ब्यक्तिलाई फिर्ता नगरे  ३ हजार कतारी रियाल जरिवाना वा ६ महिना जेल सजाय गरिने जनाएको छ ।

कसैले भेटाएको सामानका सम्बन्धित ब्यक्ति पत्ता नलागेमा नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिनेछ । भेटिएको सामान नबुझाउने जोकोहीलाई ३ हजार रियाल जरिवाना र ६ महिना जेल सजाय हुने मेसाइमर पुलिस सेक्शनका प्रमुख लेफ्टिनेंट कर्नल खलिफा सलमानलाई उद्धृत गर्दै द दोहा ग्लोबले जनाएको छ ।

लेफ्टिनेंट कर्नल सलमानले हालसालै मन्त्रालयको राजधानी सुरक्षा विभागले आयोजना गरेको ‘एक्सप्याट समुदायमा सामान्य अपराध र अपराध’ सम्बन्धी वेबिनारलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सबै आप्रबासीहरूलाई कतारको यो परम्परा, नियम र संस्कारको स-सम्मान अबलम्बन गर्न समेत उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : ५५ बजे

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा