पत्रकार सिग्देलको ‘मनको कैदी’ कथा सङ्ग्रह प्रकाशित « Khabarhub

पत्रकार सिग्देलको ‘मनको कैदी’ कथा सङ्ग्रह प्रकाशित


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पत्रकार तीर्थ सिग्देलद्वारा लिखित ‘मनको कैदी’ कथासङ्ग्रह प्रकाशित भएको छ ।

उनको यो पाँचौँ कृति हो । कथा, निबन्ध र नियात्रालगायतका साहित्यिक विधामा उत्तिकै कलम चलाउन सक्षम पत्रकार सिग्देल युवापुस्ताको लेखन साहित्यमा उदाउँदो नाम हो । विसं २०७६ मा मनोनेट कथासङ्ग्रहबाट उनले कृति लेखन शुरु गरेका हुन् ।

मनको कैदी मनको परिधिभित्र लेखिएको कथासङ्ग्रह हो भन्दा फरक पर्दैन । पुस्तकमा सङ्गृहीत १३ वटा कथा सबै नै मनोवैज्ञानिक शैलीका छन् ।

मान्छेका मनमा उर्लिएका भावना र विचारको मेल नै यो कथा सङ्ग्रहको सार हो । मान्छे नबुझी कथा लेख्न सकिन्न र मान्छे बुझ्न मान्छेको मनमा पस्न सक्नुपर्दछ भन्ने मान्यता राख्ने लेखकले मनको कैदी पुस्तकमा अनौठो प्रयोग गरेका छन् ।

त्यहाँ समेटिएको ‘उर्लंदो समुद्र र भावना’ शीर्षकको कथाको तीन भाग छ, जसलाई नेपाली साहित्यमा अलग्गै प्रयोगका रूपमा लिइएको उनको दाबी छ । मान्छेका मनभित्र गुम्सेर रहेका अव्यक्त भावहरु बुझ्ने र बुझाउने प्रयोगात्मक शैली यसमा अपनाइएको छ ।

उनको यसअघि प्रकाशित मनोनेट कथासङ्ग्रह पनि त्यही मनको सिद्धान्तमा आधारित थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै