उपकुलपतिविरुद्ध गलत विज्ञप्ति निकाल्नेलाई कारबाहि गरिने « Khabarhub

उपकुलपतिविरुद्ध गलत विज्ञप्ति निकाल्नेलाई कारबाहि गरिने


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा‍.डा. नन्दबहादुर सिंहविरुद्ध विज्ञप्ति निकाल्नेलाई विश्वविद्यालयले कारबाही गर्न माग गरेको छ ।

उपकुलपति प्रा.डा सिंहविरुद्ध शनिवार सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर कीर्ते गरी ‘उपकुलपतिको मृत्यु भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इस्टाग्राममा सार्वजनिक भएपछि धेरैले त्यसको निन्दा, घृणा र टिप्पणी गरेका छन् ।

उपकुलपति विरुद्ध निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयमा कार्यरत उपकुलपति प्रा.डा सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ । हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ । उहाँ पुनर्जीवित भएर भोली यस विषयमा पत्रकार सम्मेलन गर्न पनि सक्नुहुनेछ । मेरो दाहसंस्कार जुमबाट गरे भनेर ।’

यो कार्यले विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम भएको र यस्तो कार्य गर्नेहरु विरुद्ध कानूनी कारबाहीमा जाने उपकुलपति प्राडा सिंहले बताए। उनका अनुसार यो घटनाको छानविन गर्नको लागि सम्बन्धित निकायमा जानकारी गराई सकेको छ ।

त्यस्तै विश्वविद्यालयको रजिष्टार कार्यालयले पनि यो घटनाप्रति विश्वविद्यालयका गम्भिर ध्यानाकर्षण भएको भन्दै भत्सना गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : १९ बजे

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४

वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब नाघ्यो

काठमाडौं– भन्सार विभागले चालू आर्थिक वर्ष २०८३-८४ को पहिलो महिना

इबोला प्रकोपबीच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

किन्शासा- इबोलाको प्रकोप तीव्र रूपमा फैलिरहेका बेला डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो

मधेस सरकारद्वारा प्रदेश नीति तथा योजना आयोगको ओएण्डएम सर्वेक्षण स्वीकृत

जनकपुरधाम- मधेस प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको संगठन तथा

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु