यूएन परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणः अनुसन्धान अन्तिम चरणमा | Khabarhub Khabarhub

यूएन परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणः अनुसन्धान अन्तिम चरणमा

दुई जना हिरासतमा, ३० जना अनुसन्धानको दायरामा


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि प्रहरीले लिने परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र ‘लिक’ भएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

डीआईजी बसन्त लामा नेतृत्वको छानविन समितिले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेर छानविन अन्तिम चरणमा पुर्‍याएको हो ।

अनुसन्धानमा संलग्न एक अधिकारले खबरहबसँग भने, ‘हामीले प्रश्नपत्र ‘लिक’ प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका छौँ, अहिले सम्म हामीले दुईजना डीएसपीसहित ३० जनालाई सोधपुछ गरिसकेका छौँ भने साइबर ब्युरोमा कार्यरत प्रहरी हबल्दार कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमलाई आन्तरिक हिरासतमा राखेर काम गरिरहेका छौँ ।’

एसपीको घर्राबाट युएन मिसनको परीक्षाको प्रश्नपत्र चोरी भएको पुष्टि 

छानबिन समितिका संयोजक डीआईजी बसन्त लामाले अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै सत्य तथ्या बाहिर आउने बताए । समितिलका एक सदस्यका अनुसार यूएन शाखाका डीएसपी वासुदेव पाठक, तालिम केन्द्रका डीएसपी रूपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा उनिहरुमाथि छानबिन भइरहेको छ । डीएसपी पाठक र खड्का परीक्षार्थी हुन् ।

यूएन मिसनको प्रश्नपत्र एसपीको घर्राबाट लिक ! दुई जना पक्राउ 

यही साउन १५ र १६ मा प्रहरी प्रधान कार्यालय तथा सात वटा प्रदेश प्रहरी कार्यालयमा परीक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए ।

प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार प्रश्नपत्र ‘लिक’ भएको कुरा आएपछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्र तयार गरेर तोकिएको समयभन्दा डेढघण्टा ढिलो परीक्षा लिएको थियो । प्रश्नपत्र परीक्षा हुनुभन्दा दुई दिन अघि नै ‘लिक’ भएको छानबिनबाट थाहा भएको छ ।

प्रहरीको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र बाहिरिएको आशङ्का

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : ४२ बजे

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा

आजका समाचार : संसद्‍मा रास्वपाको विरोध जारी, मनाइयो योग दिवस र तत्काल इरानले आणविक वार्ता नगर्ने

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ