१५ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार | Khabarhub Khabarhub

१५ सय रुपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा १ हजार ५ सय रुपैयाँको गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन तोलामा ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रति तोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी १ हजार २ सय ६५ रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : ५५ बजे

श्रीलंकामा ५० जंगली हात्तीको मृत्यु

कोलम्बो– श्रीलंकामा यो वर्ष अहिलेसम्म करिब ५० जंगली हात्तीको अनाधिकृत

राप्रपाले वर्तमान सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेस-एमाले गठबन्धन सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम

विद्युत् विकासबाट समृद्धि प्राप्त हुन्छ : मन्त्री खड्का

किमाथांका – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले विद्युत्

ड्रागन बोट फेस्टिभल : फेवामा सहभागी टोलीको रिहर्सल (तस्बिरहरू)

पोखरा- ड्रागन बोट फेस्टिभलको तयारीस्वरुप पोखरास्थित फेवातालमा सहभागी टोलीले रिहर्सल

रानी–धरान सडक कालोपत्रे हुने

विराटनगर – विराटनगर महानगरपालिकाले विराटनगर–४ राजवंशी चोक पश्चिम पुल चोकदेखि