मुख्य राजमार्गमै पहिराको जोखिम | Khabarhub Khabarhub

मुख्य राजमार्गमै पहिराको जोखिम


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीसँग जोडिएका मुख्य राजमार्गमा पहिराको जोखिम बढ्दै गएको छ । लगातारको वर्षाका कारण महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्गमा पहिराको जोखिम बढेकोे हो ।

यी राजमार्गका ठाउँठाउँमा पहिरो खस्ने गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।  दशरथचन्द राजमार्गको अनारखोली–पाटन सडकखण्डको हिरापुर, विप्याकटाल र जयपृथ्वी राजमार्गको खोडपे–वित्थड सडकखण्डको ढोल्यामोड, झौलेकलगायतका स्थानमा पहिरो खस्ने गरेको छ ।

यस्तै महाकाली राजमार्गकोे सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघर, बसाली र ढिकगाडमा पहिरो खस्ने गरेको छ । राजमार्गका ठाउँठाउँमा पहिराले दिनहुँजसो सडक अवरुद्ध हुने गरेको चालकहरुले बताएका छन् । धरमघरमा दिनहुँजसो पहिरो खस्दा सवारी सञ्चालनमा बाधा पुग्ने गरेको जीप चालक शेर कार्कीले बताए ।

सडक माथिबाट खसेको पहिराले सडक अवरुद्ध हुने गरेको छ उनले भने, “धरमघरको पहिराका कारण समयमै गन्तव्यमा पुग्न मुस्किल हुन्छ, दिनहुँजसो खसिरहन्छ, यसले निकै सास्ती खेप्नुपर्दछ ।” जिल्लाभित्रै सञ्चालन हुने सवारीसाधनलाई मात्रै नभएर लामो दूरीका सवारीसाधनलाई समेत पहिराले गर्दा समस्या हुने गरेको ट्रक चालक धनेश जोशीले बताए ।

उनले भने, “खाद्यान्न बोकेर गन्तव्यमा गइरहेका बेला घण्टौँसम्म पहिराका कारण बीचबाटोमै रोकिनुपर्दछ ।” राजमार्गमा मोड सुधार कार्यक्रमअन्तर्गत सुधार गरिएका ठाउँमा पहिरो खस्ने गरेको सडक डिभिजन कार्यालय पाटनका सूचना अधिकारी हरि जोशीले बताए ।

उनले भने, “मोडसुधार गर्दा जमिन हल्लिएकाले पहिरो खस्ने गरेको हो, पहिरो खसे पनि तत्कालै पन्छ्याउनका लागि स्काभेटरको व्यवस्था गरेका छौं ।” पहिरो खसे पनि पहिरो पन्छ्याउनका लागि तत्कालै व्यवस्था गर्ने गरिएकाले वर्षाका कारणले भने तत्काल राजमार्ग पुनःसञ्चालन नहुने समस्या रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले बताए ।

उनले भने, “पहिरो खस्ने सम्भावित ठाउँमा डोजरको व्यवस्था गरिएको छ, तर पनि लगातारको झरिले तत्काल सञ्चालन गर्न सकिदैन्, एकचोटी पन्छाए पनि फेरि खसिहाल्छ ।”

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १ : २४ बजे

गाजामा भएको इजरायली आक्रमणमा १९ जना प्यालेस्टिनीको मृत्यु

एजेन्सी – इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको

तराई–मधेसमा खानेपानी र सिँचाइका लागि काम गरिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा खानेपानी र सिँचाइको अभाव

एमाले महासचिवको तर्क- लोकतन्त्र बलियो बनाउन विद्या भण्डारीलाई रोक्यौँ, सदस्यता स्वत: निष्क्रिय भइसक्यो

काठमाडौं- नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय

कसले गर्‍यो रेजर ब्लेडको अनौठो व्यापार ?

काठमाडौँ – नेपाल अधिकांश वस्तु आयात गरेर निर्वाह हुँदै आएको

जनकपुरधाममा सात वर्षपछि आन्तरिक लक्ष्यभन्दा बढी राजस्व

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरधामले सात वर्षपछि तोकिएको लक्ष्यभन्दा बढी