चीनको नं.१ प्यासेन्जर गाडी अब नेपालमा « Khabarhub

चीनको नं.१ प्यासेन्जर गाडी अब नेपालमा


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चाङ्गन अटोग्रुपले नेपाली बजारमा प्रवेश गर्ने औपचारिक निर्णय गरेको छ । नेपालस्थित एमएडव्लु वृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा यस चीनिया कम्पनीले नेपालमा आफ्नो उत्पादनहरूको विक्रीवितरण गर्नेछ ।

सन् २०२१ मा चाङ्गन ब्राण्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी विक्री हुन सफल भएको थियो । त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख वटा गाडीहरू विश्वका ६० मुलुकहरूमा विक्री भएको थियो । चीनमा विक्री र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरू चाङ्गन अटोग्रुपले उत्पादन गर्दछ ।

एमएडव्लु स्कोडा, जीप, जेसिबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्डहरूको नेपालस्थित एकमात्र आधिकारिक विक्रेता हो । यो अटोमोबाइल क्षेत्रमा काम गर्ने देशकै दोस्रो ठुलो कम्पनी पनि हो ।

सेडान, पिकअप, एसयुभी र इभीको साथसाथै अवार्ड विनिङ्ग युनिआइ श्रेणीका ब्राण्डहरू उत्पादनकर्ता चाङ्गनले नेपाली बजारमा आफ्नो एक बेग्लै छवि बनाउन सफल हुनेमा एमएडव्लुका अध्यक्ष विष्णु अग्रवालको विश्वास छ ।

उनका अनुसार भविष्यमुखी बनावट र नविन प्रविधिले सम्पन्न चाङ्गन ब्राण्डले समग्र नेपाली अटोमोबाइल उद्योगलाई नयाँ गति दिन सहयोग गर्नेछ, साथै एमएडव्लु चाङ्गन गाडीको ग्राहकहरूको लागि उत्कृष्ट भन्दा उत्कृष्ट सेवा, सुबिधा प्रदान गर्न प्रतिबद्ध छ ।

यसैगरी चाङ्गन अटोग्रुपका उप महाप्रबन्धक देङ्गले एमएडव्लुसँग साझेदारी गर्दै नेपाली बजारमा अन्तर्राष्ट्रियस्तरको उत्पादन ल्याउन पाउँदा आफूहरू अत्यन्तै खुसी भएको बताएका छन् । यो देशकै दोस्रो ठुलो अटोमोटिभ ग्रुपले आफ्नो ग्राहक केन्द्रित विक्री सेवाको लागि ख्याति कमाएको छ, साथै यस सहकार्य मार्फत चाङ्गन ब्राण्ड आफ्नो सर्वोत्कृष्ट उत्पादन मार्फत ग्राहकवर्गको बदलिँदो आवश्यकता र चाहनाहरूलाई परिपूर्ति गर्ने तर्फ उन्मुख रहेको पनि उनको दावी छ ।

पहिलो चरणमा सेडान, पिकअप र एसयुभी तथा दोस्रो चरणमा विभिन्न विद्युतिय गाडीहरू नेपालमा विक्रीवितरण गर्ने योजना चाङ्गन अटोग्रुपको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  २ : ०६ बजे

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत