टो‍कियो ओलम्पिक : महिला भलिबलमा अमेरिकालाई स्वर्ण « Khabarhub

टो‍कियो ओलम्पिक : महिला भलिबलमा अमेरिकालाई स्वर्ण


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वखेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ ।

जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो ।

यसअघि अमेरिका तीन पटक फाइनलमा पुगे पनि रजत पदकमा चित्त बुझाउन बाध्य बनेको थियो । अमेरिकाले सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चिक्त बुझाउनु परेको थियो । फाइनल खेलमा अमेरिका सन् १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो ।

अमेरिकाले पहिलो सेटमा २५–२१ को सहज जित निकाल्यो । दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ को सहज जित निकाल्दै विजयी हुन सफल भयो । त्यसअघि आज नै भएको अर्को खेलमा सर्वियाले कास्य पदक हात पार्‍यो ।

सर्वियाले दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै कास्यपदक जितेको हो । सर्वियाले २५–१८, २५–१५ र २५–१५ को सोझो सेटमा जित निकालेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ०१ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।