टो‍कियो ओलम्पिक : महिला भलिबलमा अमेरिकालाई स्वर्ण « Khabarhub

टो‍कियो ओलम्पिक : महिला भलिबलमा अमेरिकालाई स्वर्ण


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वखेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ ।

जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो ।

यसअघि अमेरिका तीन पटक फाइनलमा पुगे पनि रजत पदकमा चित्त बुझाउन बाध्य बनेको थियो । अमेरिकाले सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चिक्त बुझाउनु परेको थियो । फाइनल खेलमा अमेरिका सन् १९८४ मा चीनसँग तथा २००८ र २०१२ मा ब्राजिलसँग पराजित भएको थियो ।

अमेरिकाले पहिलो सेटमा २५–२१ को सहज जित निकाल्यो । दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ को सहज जित निकाल्दै विजयी हुन सफल भयो । त्यसअघि आज नै भएको अर्को खेलमा सर्वियाले कास्य पदक हात पार्‍यो ।

सर्वियाले दक्षिण कोरियामाथि ३–० को सोझो सेटमा जित निकाल्दै कास्यपदक जितेको हो । सर्वियाले २५–१८, २५–१५ र २५–१५ को सोझो सेटमा जित निकालेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ०१ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा