मन्त्रिपरिषद् चाँडो विस्तार गर्न राष्ट्रियसभा सदस्यको माग « Khabarhub

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न राष्ट्रियसभा सदस्यको माग


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।

बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र सरकार संसद्प्रति जवाफदेही बन्न आग्रह गरिन् ।

सदस्य डा खिमलाल देवकोटाले सरकार पारदर्शीरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकका मुहारमा खुशी ल्याउने कार्यक्रम ल्याउन सुझाव दिए ।

सदस्य शेरबहादुर कुँवरले दार्चुलामा तुइनबाट सीमापार गर्न लाग्दा बेपत्ता भएका नागरिकका सम्बन्धमा सरकारले देशको स्वाभिमान उँचो राख्ने गरी प्रभावकारी छानविन गरी काम गर्न माग गरे ।

अर्का सदस्य जीतेन्द्रनारायण देवले विगतका समयमा आमूल परिवर्तनका लागि भएको आन्दोलनको मर्म र भावनाअनुसार नयाँ सरकारले काम गर्न र वर्तमान गठबन्धन लामो सयमसम्म अघि बढेमा सङ्घीयता, समावेशीता, गणतन्त्र र रुपान्तरणका कार्यसूची सफल हुने बताए ।

सदस्य चक्रप्रसाद स्नेहीले छिमेकी भारतले नेपालसँग ‘रोटी र बेटी’को सम्बन्ध भनिए पनि यसअनुसारको व्यवहार नभएको बताए ।

सदस्य खेमकुमार विकले प्रतिनिधिसभा दुई पटकसम्म विघटन हुनुले जनताको सार्वभौम थलोमाथि आक्रमण भएको बताए ।  सदस्य देवेन्द्र दाहालले सदनमा विधेयक ल्याउन सरकारसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ९ : १६ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा