तिङ्करमा सशस्त्र प्रहरीको बीओपी भवन निर्माण « Khabarhub

तिङ्करमा सशस्त्र प्रहरीको बीओपी भवन निर्माण


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– व्यास गाउँपालिका–१ तिङ्करस्थित छायालेकमा सशस्त्र प्रहरीको भवन निर्माण भएको छ । चीनसँग सीमा जोडिने तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाका लागि भवन निर्माण गरिएको हो ।

चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा स्थापना गरिएको यो पहिलो बीओपी हो । सरकारले बीओपी निर्माण गर्ने लक्ष्यअनुसार भवन निर्माण गरिएको छ । त्यही क्षेत्रमा नेपाल प्रहरी पनि बस्दै आएको छ ।

तिब्बत भएर हुने चोरी, सिकार, तस्करी, नियन्त्रण तथा सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई निगरानी तथा नियन्त्रण गर्न बीओपी निर्माण गरिएको छ । छायालेकबाट नेपाल चीनको सीमा पिलर नं १ सम्म पुग्न चारदेखि पाँच घण्टा लाग्ने गर्छ ।

यसअघि छाङ्गरुको गागामा रहेको सशस्त्र प्रहरीले पिलर नं १ सम्म गस्ती गर्दै आइरहेको थियो । छालालेकमै बीओपी स्थापना हुने भएपछि चीनसँग सीमा क्षेत्रमा गस्ती गर्न सहज हुनेछ । छायालेकमा बीओपीको भवन निर्माण धुलिखेल प्याराडाइज एलवी जेभीले गरेको हो । गत जेठमै निर्माण सक्नुपर्ने भए पनि प्रतिकूल मौसम र विभिन्न कठिनाइका कारण केही ढिला गरी निर्माण सकिएको छ ।

गत पुसमा सशस्त्र प्रहरी र धुलिखेल प्याराडाइज एलवी जेभीबीच बीओपी निर्माणको सम्झौता भएको थियो । ६ महिनाभित्र निर्माण कार्य पूरा गर्ने सम्झौता भए पनि सामान ढुवानी गर्न समस्या भएपछि निर्माण कार्य केही ढिलाइ भएको निर्माण व्यवसायी लालबहादुर बमले बताए ।

सडक मार्गसँग नजोडिएको तिङ्करमा मान्छेबाट निर्माण सामग्री ढुवानी गर्न सम्भव थिएन भने भारतबाट सामान लिन पनि सकस भएको थियो । निर्माण व्यवसायले गत असारमा हेलिकप्टरमार्फत सामान ढुवानी गरेर निर्माण कार्य पूरा भएको स्थानीयवासी योगेश बोहराले बताए ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्म छाङ्गरुको भवन निर्माण कार्य भने अलपत्र जस्तै भएको सुरक्षाकर्मी बताउँछन् । १५ महिनाभित्रै निर्माण सक्नुपर्ने भवन अझै भुइँतला मात्रै निर्माण गरिएको बताइएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  १० : ५९ बजे

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र